राष्ट्रपति कार्यालयले विज्ञप्ति सच्याउने भनेपछि देउवा सपथ लिन पुगे शीतल निवास

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दै जारी गरेको विज्ञप्तिमा संविधानको धारा उल्लेख नगरेकोप्रति शेरबहादुर देउवाले आपत्ति जनाएका छन्।

राष्ट्रपति कार्यालयले विज्ञप्ति नसच्याए सम्म सपथ नलिने अडान राखेपछि ६ बजेका लागि तोकिएको सपथ ग्रहण कार्यक्रम अहिले सम्म सुरु हुन सकेको छैन। देउवाले मुख्यसचिव शंकरदास वैरागीलाई आफ्नै निवास बोलाएर प्रधानमन्त्री नियुक्तीको विज्ञप्ति नसच्चिएसम्म सपथ ग्रहण नगर्ने बताएका छन्।

देउवाले आफू संविधानको धारा ७६ (५) अनुसार नियुक्त हुनुपर्ने भन्दै असहमति जनाएका हुन्। देउवाको अडान पछि राष्ट्रपति कार्यालय विज्ञप्ति सच्याउन तयार भएको बुझिएको छ।

राष्ट्रपति कार्यालयबाट विज्ञप्ति सच्चिएको खबर आएपछि देउवा सपथ लिन शीतल निवास पुगेकाे उनको सचिवालयले जानकारी दिएको छ। देउवा सर्वाेच्चकाे परमादेश अनुसार प्रधानमन्त्री नियुक्त्त भएका हुन्।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *