कोरोना विरुद्धको खोप वितरणमा समानता होस्–बान कि मुन

असार २१,काठमाण्डाै – संयुक्त राष्ट्रसङ्घका पूर्व महासचिव बान कि मुनले कोरोना भाइरसविरुद्धको खोप वितरणको काममा समानता हुनुपर्ने बताउनुभएको छ । उहाँले यो महामारीले विश्वलाई नै उत्तिकै असर गरिरहेकाले सबै देशहरुले यो खोपको उपलब्धतामा समान व्यवहार अपनाउनुपर्नेमा जोड दिनुभएको छ ।
उहाँले अहिले यो खोपको उत्पादन र वितरणका क्षेत्रमा काम गरिहेका देशहरुले अहिलेको प्रयासलाई थप दोब्बर बनाउनुपर्नेमा जोड दिनुभएको हो । एक भिडियो कन्फ्रेन्समा बोल्दै उहाँले भन्नुभयो–’यो अवस्थामा विश्वलाई नै कोरोना भाइरसको महामारीबाट बचाउनुपर्छ र त्यसका लागि विश्वका सबै देशका नागरिकमा खोपको उपलब्धता हुनु जरुरी छ ।’ उहाँले कोरोना भाइरसले चाँडो चाँडो मानिसकाे ज्यान लिइरहेकाे बताउनु भएकाे छ ।
साथै उहाँले अहिले मानिसहरु जलवायु परिवर्तनको चपेटामा परिररहेकाे बताउँदै यी दुवै समस्याका विरुद्धमा विश्व एक भएर लड्नुपर्नेमा पनि जोड दिनु भयाे ।

Facebook Comments