कपिलवस्तु पूर्ण खोप जिल्ला घोषणा हुँदै

२१ असार,कपिलवस्तु । लामो प्रयासपछि कपिलवस्तु पूर्ण खोप जिल्ला हुने भएको छ। जिल्लामा रहेको १६ देखि २२ महिनाका सबै बालबालिकाहरु खोपको पहुचमा पुगे पछि आउने असार २३ गते कपिलवस्तु पूर्ण खोप जिल्ला घोषणा हुने निश्तित भएको हो।लुम्बिनी प्रदेशको १० औ र नेपालको ६०औ जिल्लाकारुपमा कपिलवस्तु पूर्ण खोप हुन घोषणा हुन लागेको हो। जिल्ला खोप समन्वय समितिको सिफारिसलाई प्रदेश खोप समन्वय समिति हुदै स्वास्थ्य मन्त्रालयले समेत स्विकृत गरे पछि कपिलवस्तु पूर्ण खोप हुन लागेको हो।
स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेयले जिल्लाका १० वटै पालिका पूर्ण खोप सुनिश्चित घोषणा भए लगत्तै कपिलवस्तु पूर्ण खोप जिल्ला घोषण हुन लागेको बताए। बिभिन्न १२ वटा रोग बिरुद्ध २ वर्ष मुनीका बालबालिकाहरुलाई खोप लागेका छ । खोपका पहुँच बालबालिका सम्म पुगेको पाण्डेयले बताए।जिल्लामा १६ देखि २३ महिना सम्मका ६ हजार ७३९ जनालाई खोप लगाई सकिएको छ। यस्तै २ बर्षमुनीका २६ हजार ९५४ जनालाई समेत बिभिन्न १२ वटा रोग बिरुद्ध खोप लगाई सकिएको स्वास्थ्य कार्यालयका खोप अधिकृत चिन्तामणि ज्ञवालीलीले बताए।
एक वर्षदेखिको लामो प्रयास पछि कपिलवस्तु पूर्ण खोप जिल्ला हुन लागेका उनले बताए। स्वास्थ्य मन्त्री भोजप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यातमा असार २३ गते कपिलवस्तु नगरपालिको सभा हलमा पूर्ण खोप घोषणाको कार्यक्रम रहेको उनले बताए।

Facebook Comments