लायन्स क्लब अफ सिद्धार्थनगरको पद हस्तान्तरण

भैरहवा, १८ असार ।
लायन्स क्लब अफ सिद्धार्थनगरको पद हस्तान्तरण कार्यक्रम बिहीबार भैरहवामा सम्पन्न भएको छ । कार्यक्रममा वर्ष २०२०÷२१ का अध्यक्ष नेत्र प्रसाद आचार्यले वर्ष २०२१÷२२ का कार्यवाहक अध्यक्ष चन्द्र बहादुर थापा, २०२०÷२१ का सचिव अर्जुन पौडेलले वर्ष २०२१÷२२ का सचिव धर्मराज आचार्य र वर्ष २०२०÷२१ का कोषाध्यक्ष धर्मराज आचार्यले वर्ष २०२१÷२२ का कोषाध्यक्ष उमेश थापा मगरलाई पद हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपाल एरिया–४ का जोन चेयरपर्सन थिरेन्द्र कुमार श्रेष्ठले लायन्स क्लब अफ सिद्धार्थनगरको वर्ष २०२१÷२२ का लागि निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको नामावली सार्वजनिक गरेका थिए । क्लबको वर्ष २०२१÷२२ को अध्यक्षमा भीष्म प्रसाद न्यौपाने, निवर्तमान अध्यक्षमा नेत्र प्रसाद आचार्य, प्रथम उपाध्यक्षमा चन्द्र बहादुर थापा, द्वितीय उपाध्यक्षमा रवि कुमार श्रेष्ठ, तृतीय उपाध्यक्षमा अर्जुन पौडेल, सचिवमा धर्मराज आचार्य, कोषाध्यक्षमा उमेश थापा मगर, सह–सचिवमा कमल ज्ञवाली र सह–कोषाध्यक्षमा कुलचन्द्र गौतम रहेका छन् । त्यस्तै एलसीआइएफ कोर्डिनेटरमा धर्मराज श्रेष्ठ, क्लब सर्भिस चेयरपर्सनमा रुपमा हिराचन, मार्केटिङ चेयरपर्सनमा आनन्द खनाल, क्लब एडिमिनिस्ट्रेटरमा चेयरपर्सनमा खगेन्द्र शर्मा, लियो एडभाइजरमा राजेश खरेल, नोमिनेसन चेयरपर्सनमा रमेश घिमिरे, मेम्बरसिप चेयरपर्सनमा थिरेन्द्र कुमार श्रेष्ठ, जीएलटी कोर्डिनेटरमा विजय पाण्डे, एसएलएफ कोर्डिनेटरमा राजेश खरेल, टेमरमा अर्जुन कार्की, टेल ट्वीष्टरमा भरत भट्टराई, जनसम्पर्क अधिकारी (पीआरओ)मा रघु खनाल र क्लब इडिटरमा गोविन्द ज्ञवाली रहेका छन् ।
त्यसै गरी क्लबको निर्देशकमा कुल प्रसाद न्यौपाने, जगत खरेल, केशव नारायण श्रेष्ठ, कृष्ण प्रसाद अधिकारी, पप्पु अन्सारी, दिनेश अमात्य, बासु पौडेल, प्रेम बेल्बासे, केशव शर्मा, विजय जयसवाल, तुला सिंह पुन, कमल मरासिनी, सुवास परियार, बसन्त कुमार लाल कर्ण र सल्लाहकारमा क्लबका सम्पूर्ण पूर्ण अध्यक्षहरु रहेका छन् ।
कार्यक्रममा वर्ष २०२०÷२१ का अध्यक्ष नेत्र प्रसाद आचार्यले आफ्नो कार्यकालमा भएका कार्यक्रमहरुको बारेमा जानकारी गराउँदै कोभिड–१९ संक्रमणको त्रासका बाबजुद क्लबले विभिन्न सामाजिक कार्यहरुलाई निरन्तरता दिएको बताए । उनले वर्ष २०२०÷२१ मा वृक्षारोपण र रोपिएको विरुवाहरुको रेखदेख, भीरबाट ढुंगा खसेर दुवै खुट्टा भांचिएका प्युठानका १३ वर्षिय जीवन पुनको उपचारका लागि सहयोग, जिल्ला प्रहरी कार्यालय रुपन्देहीको गेट अगाडी हात हुने पानी टंकी जडान, ब्लड क्यान्सर पीडित अर्घाखाँचीका ९ वर्षिय विष्णुहरि पोखरेलको उपचारका लागि सहयोग, मृगौलासम्बन्धि रोगबाट पीडित रुपन्देहीकी रुद्रपुरकी २६ वर्षिय आयुषा पाण्डेलाई सहयोग, रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवार अन्तर्गत सम्मरीमाई गाउँपालिकाका बाढीप्रभावितहरुलाई खाद्यान्न सामग्री र वितरण भैरहवा नमुना मा.वि.मा फर्निचर तथा पंखा हस्तान्तरण लगायतका कार्यक्रम गरिएको आचार्यले जानकारी दिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका द्वितीय भाइस गभर्नर नवराज न्यौपानेले भैरहवा क्षेत्रमा हाल २८ वटा लायन्स क्लब रहेको र कम्तीमा पनि ४० वटा क्लब पुर्याउने योजना रहेको बताए । उनले क्लब स्थापना गर्नु मात्र ठूलो कुरा नभई जोगाउनु महत्वपूर्ण कुरा रहेको बताए । उनले सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारी पुरा गर्नुपर्ने बताए । ‘लायन्स क्लब अफ सिद्धार्थनगरले यस क्षेत्रमा रचनात्मक कार्य गर्दै आएको छ र यसलाई निरन्तरता दिदै जानुपर्छ,’ न्यौपानेले भने । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका डिष्ट्रिक चिफ एडभाइजर उमंग देवकोटाले नेपालमा लायन्सको स्थापना भएको ५० वर्ष र लायन्स क्लब अफ सिद्धार्थनगर स्थापना भएको ३६ वर्ष पुगेको बताए । उनले लायन्स क्लब अफ सिद्धार्थनगरले इतिहास रच्न सफल भएको बताए ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका डिष्ट्रिक एक्सुकेटिभ चिफ महेशचन्द थापाले अनुशासनको पालना गर्नु आवश्यक रहेको बताए । उनले आत्मविश्वासले धेरै काम गर्न सकिने धारणा राखे । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका को–चिफ एडभाइजर ओम कुमार श्रेष्ठले नेत्र प्रसाद आचार्यको नेतृत्वमा रहेको क्लबको वर्ष लायन्स क्लब अफ सिद्धार्थनगर २०२०÷२१ को कार्यसमितिले धेरै राम्रो कामहरु सम्पन्न गरेको बताए । उनले लायन्सले सहयोगको हात बढाउँदै गएको बताए ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका को–चिफ एडभाइजर विनोद खरेलले १९८६ सालमा स्थापना भएको लायन्स क्लब अफ सिद्धार्थनगरको सेवाका हात अगाडी बढाउँदै गएको बताए । उनले क्लब निरन्तर अगाडी बढ्दै गएको बताए । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपाल एरिया–४ का चिफ जीवन गौतमले नेत्र प्रसाद आचार्यले आफ्नो कार्यकालमा क्लबमा अझ उचाईमा पुर्याउनुभएको बताए । उनले एरिया–४ बाट क्लबलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।लायन्स क्लब अफ सिद्धार्थनगरका पूर्व अध्यक्ष प्रेम कुमार सेञ्चुरीले क्लबका वर्ष २०२०÷२१ का अध्यक्ष नेत्र प्रसाद आचार्यले उत्कृष्ट कार्यक्रम गर्नुभएको बताए । उनले क्लबको भूमिका अझै बढेको बताए ।
लायन्स क्लब अफ सिद्धार्थनगर वर्ष २०२१÷२२ का कार्यवाहक अध्यक्ष चन्द्र बहादुर थापाले संस्थालाई यहाँसम्म ल्याउन पूर्व अध्यक्षहरुको महत्वपूर्ण योगदान रहेको बताए । उनले पद पाउनु मात्र ठूलो कुरा नभएकोले दायित्व र जिम्मेवारीलाई पनि पुरा गर्नुपर्नेमा जोड दिए । समाजले क्लबसंग अपेक्षा गरेको उनको भनाइ छ ।
यसैबीच पद हस्तान्तरण कार्यक्रममा लायन्स क्लब अफ सिद्धार्थनगरले लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका द्वितीय भाइस गभर्नर नवराज न्यौपानेलाई सम्मान गरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *