कपिलवस्तुमा थप एक साता लम्बियो निषेधाज्ञा

असार ७, कपिलवस्तु- कपिलवस्तु जिल्लामा एक साता निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार विज्ञप्तिमार्फत असार १४ गतेसम्म निषेधाज्ञा थपिएको जनाएको हो । जारी विज्ञप्तिमा निषेधाज्ञा केही खुकुलो पार्ने निर्णय गरिएको जनाइएको छ । प्रशासन कार्यालयले सरकारी कार्यालयहरूमा भीडभाड नहुने गरी स्वास्थ्य मापदण्ड पूरा गरी चलाउन पाइने जनाएको छ भने बैक पनि सञ्चालन गर्न दिने निर्णय भएको जनाएको छ ।
उता, शैक्षिक संस्था, सिनेमा हल, फन पार्क, पार्टी प्यालेस, स्वीमिङ पुल लगायतका क्षेत्रमा भने रोक लगाइएको छ । विवाह ब्रतबन्धमा भने १५ जनाभन्दा बढी सहभागी हुन नपाइने नियम लगाइएको छ । त्यस्तै खाद्यान्न सामाग्री किनमेलमा भने रोक लगाइएको छैन ।

Facebook Comments