उद्योगी व्यवसायीलाई खोपको माग

गौतमबुद्ध सन्देश
भैरहवा, ३१ जेठ ।
उद्योग व्यापार संगठन रुपन्देहीले व्यवसायीहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । संगठनले आइतबार जिल्ला प्रशासन कार्यालयमा निषेधाज्ञा तथा खोप सम्बन्धि सुझाव राख्दै उक्त माग गरेको हो ।

निजी क्षेत्रका गतिविधिहरुलाई केही खुकुलो बनाउँदै पसल व्यवसाय तथा साना उद्योगहरुलाई बिहान ८ बजेदेखि सांझ ५ बजेसम्म खोल्न दिनुपर्ने संगठनका अध्यक्ष नारायण प्रसाद भण्डारीले बताए । बजार खुकुलो बनाइए पनि सभा, सम्मेलन, गोष्ठी, तालिम, पार्टी, विवाह भोज तथा भिडभाड हुने सरकारी कार्यालयमा भिडभाड नहुने गरी सेवा प्रवाह हुनुपर्ने सुझाव राखिएको भण्डारीले बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *