श्रीलंकाका प्रतिनिधि स्वागत गर्ने अबसर

शोभाकान्त नेपाल

२०५३ चैतकाे अन्तिम हप्तामा नेपाल निजामती कर्मचारी संगठनकाे चाैथाे राष्ट्रिय अधिबेशन पाेखरामा अायाेजना गरिने जानकारी अायाे,रूपन्देहीबाट अध्यक्ष र एकजना केन्द्रीयप्रतिनिधि उक्त अधिबेशनमा भाग लिन जाने तयारी गरिरहेका थियौँ।अधिबेशनमा बिदेशी भाइचारा कर्मचारी सँगठनका प्रतिनिधिलाई पनि निम्ता गरिएकाे र श्रीलंकाका प्रतिनिधि रेल-मार्गबाट रूपन्देहीको बेलहिया हुँदै अाउने,उनिहरूलाई स्वागत गरि पाेखरासम्म लिएर जाने जिम्मेवारी समेत हाम्रो भागमा अायाे।श्रीलंकामा प्रतिनिधिलाई स्वागत गरि लिएर जाने प्रयाेजनलाई भाषाबिज्ञकाे रूपमा उपाध्यक्ष खडगबहादुर जिसीलाई केन्द्रबाट प्रतिनिधि चयन गरिदिन अनुरोध गरियो ,स्वीकृत भएर पनि अायाे।अधिबेशन उदघाटन हुने दुईदिन अगाडिको राति उनिहरू बेलहिया अध्यागमन कार्यालयमा अाईपुग्ने जानकारी अायाे र म अनि उपाध्यक्ष खडगबहादुर जिसी साँझै बेलहिया गएर बस्यौं।उनिहरू भारततर्फ सुनाैलिमा त राति नै अाएका रहेछन् तर नेपालतर्फ बिहानमात्र अाईपुगे।भारततर्फ अलि दु:ख दिए भन्दै थिए।उनिहरू दुईजना थिए,यस्तै ५५/५६ बर्षका,उनिहरू अाएपछि परिचयकाे क्रममा “म सँगठनकाे रूपन्देहीजिल्ला चियरमेन” भन्दा अास्चर्य मान्दै उमेर साेधे र बताएपछि भन्दैथिए ” यति सानै उमेरमा चियरमेन”। अध्यागमनकाे कामसकेपछि उनिहरू लुम्बिनी जाने ईच्छा ब्यक्त गरे,अनि लुम्बिनी लिएर गयौं,भन्तेलाई त उनिहरू हामीले अामा / बा लाई ढाेगिदिए जसरी दुबै घुँडाले भैँईमा टेकेर दुबै खुट्टा समाएर ढाेगिदिए।लुम्बिनी घुमघाम सकेर भैरहवा अाई खाना खाईसकेपछि साथीहरूसँग भेटघाट गरि पाेखरातर्फ लागियाे।रमाइलोसँग बाटोमा चियानास्ता गर्दै समयमै पाेखरा पुगियो। पाेखरा पुगिसकेपछि उनिहरूलाई केन्द्रको जिम्मामा लगाई हामीलाई बस्ने ब्यबस्थापन गरेको ठाउँतर्फ लागियाे।तेस्रो अधिबेशनले नारायणीपस्चिममा एकजना मात्रै के.स.भाग परेको थियो अरूपुरै नारायणीपुर्बका थिए।त्यसैभएर चाैथाे अधिबेशनले प्रत्येक अँचलबाट एकजना के.स. चुनिने ब्यबस्था मिलायाे, हाम्रो लुम्बिनीबाट पँचायतकालका पाल्पाका चर्चित बिध्यार्थी नेता टेकप्रसाद देबकाेटा चुनिनुभयाे।अधिबेशन सकिएपछि श्रीलंकाका प्रतिनिधि केन्द्रकासँगसँगै काठमाडौतर्फ गए,हामी फर्कियाैँ।काठमाडौबाट फर्किदा हामीकहाँ फेरि अाए,भेटघाट गर्याै,अाउँदा जस्तो अातिथ्य गर्नु त परेन,सँगठन कार्यालयमा साथीहरू जम्मा गरेर।उनिहरू धेरै खुशी भएर हामीलाई भन्दै थिए “हामी तपाईंहरूलाई केन्द्रमार्फत निम्ता पठाउँछाै लङका घुम्न अाउनुहाेला”।मेरो अपुस्ट सुचनाअनुसार उनिहरूले निम्तो त पठाए तर हाम्रा केन्दका नेताहरू नै गए।बास्तबिकता भने थाहा हुन सकेन।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *