सडक प्रोपोगण्डाका माहिरहरु

                                                                                                                                                        –उमेशचन्द्र रिजाल
कुकुर तिहारका दिन यसो केही परिकारहरु पढौं र कुरा सुन्यौं भन्दै जब म मकालु स्टेशर्समा पुगे, एक व्यक्ति उत्तेजित हुँदै भने अब कांगे्रसले मण्डले दिपक बोहोरालाई कसरी भोट हाल्छ ? दिपक बोहोरा “मण्डले” हुन । त्यहाँ माओवादी समर्थकहरु पनि थिए, अनि एमाले समर्थकहरु पनि ।

दिपक बोेहरा अरु पार्टीमा जाँदा र सरकारमा सम्मिलित हुँदा ठीक, कांग्रेस समर्थनमा राप्रपाबाट उठ्दा बेठिक ?

मुलुक ध्रुवीकरणमा गएको यो अवस्थामा को ठीक र बेठीक भन्दा पनि लोकतन्त्र बचाउनु मुख्य लक्ष्य हो । बाबुरामजी बाम गठबन्धनमा हुँदा ठीक र छोड्दा बेठीक कसरी हुन्छ ? सत्ता प्राप्तीको आक्रोशमा सुरुङ्ग युद्ध (भारतसंग) गर्ने ठीक अनि यदी लम्पसार पर्ने कसरी ठीक हुन्छ ? नेपाली राजनीतिको मियो घृणित तवरबाट चलेको छ । दिपक बोहोरालाई कांग्रेस नेतृत्वले समर्थन ग¥यो भने सबै कांग्रेसीजन विशेष गरी नेताहरु आफु उम्मेदवार भए जस्तै गाउँ गाउँ, शहर शहर र टोल टोलमा गए भने भलै ने.का. नेतृत्वले गल्ती नै गरेको होस् उनी जित्छन । के दिपक बोहोरा सधैं मण्डले नै हुने ? के उनले रुपन्देहीका लागि केही गरेको छैनन् ? उनको योगदान छैन ?

त्यही माओवादी पार्टी कांग्रेस सरकारमा हुँदा ठीक ? बाम मोर्चामा जाँदा बेठीक ? ने.क.पा.एमालेका नेता झलनाथ खनाल, माधव कुमार नेपाल र के.पी. ओलीको बाम गठबन्धन ठीक ? अनि लोकतन्त्रवादीहरुको गठबन्धनमा दिपक बोहरा बेठीक ? यो कसरी हुन सक्छ ?

नेपाली कांग्रेस (रुपन्देही) को प्रोप्रोगण्डाका माहिरहरु यत्रतत्र छरिएका छन् । यदी यसबाट आफु उम्मेदवारी पाउने इच्छा राखेका (रुपन्देहीबाट) ने.का. नेताहरु दिलो ज्यानले आफैं उम्मेदवार भएझैं लाग्ने हो भने दीपक बोहराको जित निश्चित छ । तर कांग्रेसमा त्यो साहस र उत्साह मैले देखिरहेको छैन ।

म दिपक बोहरोलाई व्यक्तिगत रुपमा चिन्दिन, र चिन्छु पनि । चिन्ने यस कारणले हो कि किर्तीपुर पढ्दा उनको एउटा गु्रप थियो, मण्डले गु्रप, तत्कालिन पञ्चायती व्यवस्थाको साथ थियो, जहाँ पनि हंगामा मचाउने, र ज्यान मार्ने काम गरेका छैनन् । उनका भाइ “आलोक बोहोरा” मेरा त्रि–चन्द्र पढ्दा सहपाठी हुन, उनी अहिले अमेरिकामा प्रोफेसर छन् । उनी मलाई जहिले पनि दार्शनिक भन्थे, चुरोट पिउने, लामो दारी देखेर होला । अर्थशास्त्र उनको (आलोक) मुख्य विषय थियो भने मेरो एलाइड… यस्तैमा हाम्रो भेट हुन्थ्यो ।

मलाई व्यक्तिगत रुपमा के लाग्दछ भने रत्नाकर डाकु बाल्मीकि ऋषि कसरी भए ? प्रोपोगण्डा फैलाउनेहरुले अध्ययन गरेका रहेनछन् ।
के दिपक बोहोरा मण्डले भएको कारणले मात्र प्रोपोगण्डा फैलाउन मिल्छ ? त्यसमा पनि ने.का.का उम्मेदवारका आकांक्षीहरुबाट ? जसरी पनि दिपक बोहोरा वा कसैले टिकट पाए भनें आफै उम्मेदवार बने जस्तै सबै नेपाली कांग्रेसका समर्थक, शुभेच्छुक संस्थाहरु लाग्नै पर्दछ । प्रोपोगण्डाका माहिरहरु बाम मोर्चामा को को छन् त ? हेक्का आफै राख्नुहोला ।
दिपक बोहोराले मलाई चिन्दै चिन्दैनन्, चिन्न जरुरी पनि छैन । जब सर्वस्वहण भएर भारत निर्वाचित भएको, मेरा स्वर्गीय पिताजी (एम.पी. २०१५) गणेश प्रसाद रिजाललाई जसले पाँचथर ने.का. सभापति भएर चलायो उसलाई सकेको छैन् । ज्यानमुद्धामा फसाइएको २०३६ साल मलाई अहिले सम्म ने.का.ले वास्ता गरेको छैन । भने म किन कांग्रेस कांग्रेस भनेर पछाडी हिडिरहेको छु । रुपन्देही कांग्रेसलाई के थाहा ? मैले अध्यापन गराउने भैरहवा बहुमुखी क्याम्पसमा प्रजातान्त्रिक भन्नेहरु मेरो मानमर्दन गर्दा किन म चूप लागें र सहे… । यसका पाटाहरु, तथ्यहरु धेरै छन् भविष्यमा खोल्दै जालान् । सही कुरा जसले गर्छ त्यसको समर्थन मेरो सिद्धान्त नै हो तर कुन सही र कुन वेसही यसमा पनि चुकिन्छ । सायद कसरी चाकरी गर्न सकिएन होला । म पनि चुके होला । मेरो राजनीतिक, शैक्षिक र आर्थिक सबै भताभुङ्ग पार्ने कांग्रेस हो तर पनि म किन नेपाली कांग्रेस भनेर हिडिरहेको छु । के यति सोचे कांग्रेस निर्वाचनमा जित्न सक्दैन ?

जित्नु र हार्नु लोकतन्त्रमा सामान्य कुरा हो, तर षडयन्त्रमा कुनै कुरा हुन सक्दैन । बाम गठबन्धन सुन्दर पक्ष हो भन्नेहरु लोकतान्त्रिक गठबन्धन सुन्दर हो भन्न किन नसकेका होलान् ?? र हरेक चोक चोक गल्ली गल्लीमा प्रोपोगण्डा फैलाइरहेका छन् । यसको अर्थ र रहस्य उनीहरुलाई नै थाहा होला ।

प्रचण्ड (पुष्प कमल दाहाल) को टाउकोको मूल्य तोक्ने र तोकिने एकै ठाउँमा पालो पालो सरकार चलाउने हुने, अनि दिपक बोहोरा नेपाली कांग्रेसको समर्थनमा उम्मेदवार हुन नहुने ? मैले स्पष्ट भन्नु पर्छ नेपाली कांग्रेस रुपन्देहीमा धेरै समर्थकहरु छन्, उनीहरुको दिमाग प्रोपोगण्डाले विगार्न सक्छ ? यसैले जति दुःख, दर्द, मुद्धा, निर्वाचनमा भोगे पनि म त प्रोपोगण्डाको पछि लग्दिन । म एउटा भोट हुँ ।

अब तातोपानी नाका चीन खोल्ने छैन, केरुङ्ग खोल्छ होला ? त्यो थाहा छैन । यत्ति राजनीति नबुझे प्रोपोगण्डावादीहरुलाई के भन्न सकिन्छ र ? बाम गठबन्धन लिपुलेकका बारेमा किन नबोलेको होला ? सरकार किन नबोलेको होला ? यसको छिनोफानो कसले गर्ने ? कसले ? प्रोपोगण्डा भयंकर भाइरस हो ।

पञ्चायतकालमा नानीमैया दाहाल कसरी जितिन ? प्रोपोगण्डा…. !! आदिले पनि दिपक बोहाराको नाममा प्रापोगण्डा फैलाउन प्रयास भइरहेको छ । यसमा सबै तप्काका कांग्रेसीजनहरु लाग्ने हो भने उनको जित सुनिश्चित छ ।
उनी कस्ता हुन् ? बाम राजनीति गर्नेहरुलाई थाहा होला । तर विद्यार्थीकालमा उनी पुरै पञ्चायतलाई समर्थन गर्न मण्डले नै थिए । यो कुरा म ठोकुवाका साथ भन्न चाहन्छु तर उनले कांग्रेस समर्थन चालिस वर्ष पछि हुनु के महत्व राख्दैन ? एकै ठाउँ, एउटै थालमा भात खाएका जनयुद्धका दोस्रो तहका कमाण्डर डा.बाबुराम भट्टराई बाम एकतामा गएनन् भनेर उनको सम्पूर्ण योगदान विर्सन हुन्छ ?

राजनैतिक दलहरु प्रोपोगण्डामा विश्वास गर्छन् सत्य कुरा असत्य भनेर हजारौंबार नारा लगाए मानसिकता जनताको परिवर्तन हुन सक्छ । बाम एकता सुन्दर पक्ष हो । तर लोकतान्त्रिकवादीहरु एक ठाउँमा आए (हिजो जो जहाँ भए पनि ) भनेर हल्का फुल्का कुरा गर्नेहरुले इतिहास अध्ययन गरेका छैनन् वा सडक प्रोपोगण्डामा विश्वास राख्छन् । मलाई थाहा छैन ।
नेपाली जनताहरुलाई गणतन्त्रको लालीपाप देखाए २०६२÷६३ आन्दोलनमा….. तर फगत हामीहरु के के गुमायौं र गुमाउन अझैं बाँकी छ, यस्तै प्रोपोगण्डा चलिरहे । के बाम गठबन्धन गलत हो ? होइन ? अनि किन आवश्यक प्रोपोगण्डा ?

म आफैलाई २०३७ साल पौष १ गते झापाको गेहुरिया खोला पारी जहाँ हाम्रो आठ विघा जग्गा थियो । नरेन्द्र कुमार आङदेम्वे र म गयौं, त्यहाँ त पुरै मा.ले. समर्थकहरुले कब्जा गरेका रहेछन् । किन आएको ? भनेर नरकुमार आङदेम्वेलाई पिटे, उनी भागे । त्यसपछि म माथि साठी पैंसठी जनाको समुहले आक्रमण गरे । के.पी. विगतका कुरा सम्झेर मनमोहन अधिकारीलाई समर्थन गरेर प्रधानमन्त्री बनाउने ने.का.को विरोध गर्नुहुन्थ्यो र ? त्यस्तै सूर्यबहादुर थापाले ने.का., तत्कालिन मालेलाई कति दुःख दिए ? ने.का.कै समर्थनमा २०४६ को जनआन्दोलन पश्चात प्रधानमन्त्री भएका होइनन् र ?

अनि रुपन्देहीका एमाले, माओवादी र कांग्रेसकै नेताहरु भन्छन “दीपक बोहोरा” मण्डलेलाई कसरी भोट हाल्छ कांग्रेसले ? आन्तरिक इंगित म तिर थियो र यो मेरो जवाफ हो । के दिपक बोेहोरा सधैं मण्डले नै हुन ? के के.पी. ओली सधैं झापाली आन्दोलनमा मान्छे मार्ने नै हुन ? के प्रचण्ड सधैं व्यक्ति हत्याकै समर्थक हुन ? यसको जवाफ कसमा छ ? मेरो अन्तिम भनाइ हो पार्टी उम्मेदवार जो कोही भए पनि समर्थन गर्नुपर्छ, विशेष गरेर स्थानीय नेताहरुले……हामी त एक भोट भएर बाँचिरहेका छौं ।

Facebook Comments