दोहोरो कर हटाउन क्रसर उद्योगीको माग

गौतमबुद्ध सन्देश
रुपन्देही(तिलोत्तमा), कात्तिक १२ । तिलोत्तमा नगरपालिकाले क्रसर उद्योगीसँग आईतबार अन्तरक्रियात्मक बैठक गरेको छ । क्रसर व्यवसायीले दोहोरो करका कारण आफूहरू मर्कामा परेको बताइरहँदा नगरपालिकाले सम्बद्ध पक्षसँग अन्तरक्रियात्मक बैठक गरेको हो । बैठकमा क्रसर उद्यागीका समस् याका साथै नगरभित्रका क्रसर उद्योगलाई थप व्यवस्थित बनाउने विषयमा छलफल भएको थियो ।
रूपन्देहीमा रहेकामध्ये सबैभन्दा बढी क्रसर उद्योग तिलोत्तमा नगरपालिकामा छन् । नेपाल रोडा ढुंगा व्यवसायी संघ रूपन्देहीका अध्यक्ष गोपाल ज्ञवालीका अनुसार तिलोत्तमामा रहेका १७ क्रसर उद्यो गहरूमध्ये हाल १२ वटा सञ्चालनमा छन् ।
बैठकमा क्रसर व्यवसायीहरूले आफूहरूले भोगेका समस्याका बारेमा जनप्रतिनिधिहरूलाई जानकारी गराएका थिए । उनीहरूले रूपन्देहीका क्रसर उद्योगी दोहोरो करका कारण मर्कामा परे को भन्दै समस्या समाधानका लागि जनप्रतिनिधिहरूको ध्यानाकर्षण गराएका थिए । जिल्ला समन्वय समितिले नदीबाट ल्याउँदा प्रतिघनमिटर ५ रूपैयाँ ७५ पैसा र बिक्रीका लागि उद्योगबाट बाहिर लै जाँदा ४ रूपै ंयाँ प्रतिघनमिटर कर लिँदै आएको मा उद्योगीहरू असन्तुष्ट छन् । दोहोरो करका कारण छिमेकी जिल्लाका क्रसर उद्योगसँग प्रतिस्पर्धा गर्न नसकिएको उनीहरूको गुनासो छ । प्रदुषणको नाममा हुने विभिन्न अवरोध, नदीजन्य पैदावारको अभाव, दोहोरो करलगायतका कारण क्रसर उद्योगीहरू यस क्षेत्रबाट पलायन भै रहेको बताउँदै व्यवसायीले उद्योग चल्ने वातावरण बनाईदिन नगरपालिकालाई आग्रह गरेका छन् । साथै उनीहरूले आवश्यक पूर्वाधार पुर्याइदिएमा नगरपालिकाले तोकेको क्षेत्रमा आफूहरू उद्योग चलाउन तयार रहेको बताए । उनीहरूले उद्योग तथा सप्लायर्सको नियमित अनुगमन गर्न नगरपालिकालाई आग्रह समेत गरेका छन् ।
त्यसक्रममा तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले नदीजन्य पैदावारहरूको व्यवस्थापन गर्ने जिम्मे वारी नगरपालिकामा प्राप्त भई नसकेको हुँदा क्रसर उद्योगीलाई लगाइएको दोहोरो कर हटाउने विषयमा सम्बन्धित निकायमा पहल गर्ने बताए । उनले नदीजन्य पैदावारको अवैध उत्खनन् र ओ सारपसार नियन्त्रण गर्ने नगरपालिकाको अभियानमा सघाउन व्यवसायीलाई आग्रह गरे । यस्तै नगरपालिकाका कार्यकारी अधिकृत कृष्ण प्रसाद सापकोटाले क्रसर व्यवसायीलाई स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार कर लगाइने बताए ।
बैठकपछि नेपाल रोडा ढुंगा व्यवसायी संघका अध्यक्ष गोपाल ज्ञवालीले छलफल निकै सकारात्मक भएको बताउँदै उद्योग चल्ने वातावरण निर्माण हुनेमा आफूहरू आशावादी रहेको बताए । वडाध्यक्षहरू टंकप्रसाद तिवारी, दिवाकर ढकाल, सुखदेव न्यौपाने , गणेश न्यौपाने समेत सहभागी बै ठकमा सुरक्षा निकायका अधिकारीहरूको समेत सहभागिता रहेको थियो ।

Facebook Comments