पेशागत बिमा अभिकर्ताको भेटघाट

गौतमबुद्ध सन्देश
भैरहवा, १२ कार्तिक । पेशागत बीमा अभिकर्ता संघ नेपाल विमक समिति नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि.भैरहवा शाखाको भेटघाट तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ । वार्षिक कार्यक्रम अन्तर्गत अभिकर्ता बीच भेटघाट तथा वनभोज कार्यक्रमको आयोजना गरिएको भैरहवा शाखाका उपाध्यक्ष मोती पौडेलले बताए ।

संघका भैरहवा शाखा अध्यक्ष उमाशंकर सिंह खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बीमा अभिकर्ताहरुले आर्थिक क्षेत्रको विकासको लागि विमा व्यवसाय महत्वपूर्ण अंग रहेको बताएका थिए ।

कार्यक्रममा संघका उपसचिव राजेश यादव, लालसा यादव, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि.भैरहवा शाखाका प्रबन्धक पुरुषोत्तम सापकोटा, मनोज खराल, हरिकेश हरिजन, संगिता चौधरी, मुना भट्टराई लगायतले बोलेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *