रेसुङ्गा नगरपालिकामा स्वरोजगार बनाउन कार ड्राईभिङ्ग तालिम सुरु

अनिल खत्री
गुल्मी, २४ फागुन ।
गुल्मीको रेसुङ्गा नगरपालिकाले कार ड्राईभिङ्ग तालिम प्रदान गरेको छ । युवा स्वारोजगार महिला लक्षित तथा दलित लक्षित संयुक्त सिपमुलक कार्यक्रममार्फत स्थानीयलाई तालिम दिन सुरु गरेको हो ।
तालिममार्फत बेरोजगार रहेकाहरुलाई स्वरोजगार बनउने नगरपालिकाले लक्ष्य लिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ९ ले ४२ जनालाई एकमहिने कार ड्राईभिङ्ग तालिम दिन सुरु गरेको हो ।
रेसुङ्गा नगरपालिकाबाट ३ लाख रुपैयाँ रकम बिनियोजन भएको कार्यक्रममा युवा स्वरोजगार, महिला तथा पुरुष रोजगार र दलित लक्षित कार्यक्रम रहेका छन् । जसअन्र्तगत वडा नंबर ९ का २३ जना पुरुष र १९ जना महिला गरी ४२ जना सहभागि छन् ।
रेसुङ्गा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नारायण सुनारले जिल्लामै पहिलो पटक महिलाहरुलाई व्यवसायिक बनाउन र रोजगारको सिर्जना गर्न वडा लागि परेको बताए ।
यस कार्यक्रममा छुट भएका स्थानीयलाई आगामी दिनको कार्यक्रममा समावेश गराउने उल्लेख गरे । तालिममा सिकेको कुरालाई व्यवहारमा उर्तान अध्यक्ष सुनारले आग्रह गरे ।
तालिममा समावेश हुन पाउँदा स्थानीयहरु खुशी छन् । हिजो घरको चुलो चौकोमा काम गर्ने महिलाहरु आज कार सिक्न पाउँदा उत्साहित भएका छन् ।
सिप सिक्ने तर त्यसलाई व्यवहारमा नउतार्ने हो भने तालिमको कुनै अर्थ हुदैन् । सिप सिकाउने र रोजगारीको सिर्जना पनि गर्नेतर्फ राज्यको ध्यान जान जरुरी देखिन्छ । अन्यथा कार्यक्रमको प्रभावकारिता शुन्य सरह हुनेछ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *