यसरी गरियो छठको समापन, हेर्नुस् तस्वीरमा

१० कात्तिक, भैरहवा । यस वर्षको छठ पर्व सम्पन्न भएको छ । बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सकिएको हो । अघिल्लो दिन अस्ताउँदो सूर्यलाई र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्वको विधि सम्पन्न हुन्छ ।

बिहीबार दिनभर व्रत बसेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएका व्रतालुहरुले शुक्रबार बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएका छन् ।

काठमाडौ उपत्यकासहित तराई मधेसका जिल्लाहरुमा नदी, तलाउ, पोखरीमा भेला भएर सूर्यलाई अर्घ दिनेहरुको चहलपहल छ । भैरहवाको बिभिन्न नदी र पोखरीमा भेला भएर शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएकाहरुको तस्वीर हेर्नुहोस् ।
तस्विरः रविन्द्र प्रताप गुप्ता (गौतमबुद्ध सन्देश)

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *