गौतमबुद्धसंग स्थानीय तह: स्थलगत रिपोर्ट

लामो समयसम्म जनप्रतिनिधिबिहीन रहेको स्थानीय तहले २०७४ सालमा सम्पन्न निर्वाचनपश्चात जनप्रतिनिधि पाएको छ । मुलुकमा अहिले संघीय, प्रदेश र स्थानीय गरी तीन तहका सरकार छन् । तीमध्ये जनताको घरदैलोको सरकारको रुपमा मानिने स्थानीय सरकार (तह) हो । जनताको पीरमर्का तथा समस्या नजिकबाट बुझेर त्यसको समाधान गर्न अगाडी बढ्ने सरकारको रुपमा स्थानीय तहलाई बुझ्ने गरिन्छ । स्थानीय तहमा नागरिकले जनप्रतिनिधिहरूले नीति, कार्यक्रम लगायत विकास, निर्माण र कार्यशैली जस्ता पक्षहरूमा कत्तिको सिर्जनशील भएर जिम्मेवारी निर्वाह गरिरहेका छन् भन्ने विषय नजिकबाट चासो र चिन्ताका साथ हेरिरहेका छन् । यसै सन्दर्भमा स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भइसकेपछि गरेका कार्यहरु, कोभिड–१९ ले पारेका प्रभाव र यसको नियन्त्रण तथा रोकथामका लागि भएका प्रयास र कार्यसम्पादन गर्ने क्रममा भएका कठिनाइहरुबारे हामीले विभिन्न स्थानीय तहमा पुगेर सम्बन्धित पालिकाका जनप्रतिनिधि तथा कर्मचारीसंग कुराकानी गरेका छौं । प्रस्तुत छ उहाँहरुसंग गरिएको कुराकानीको सम्पादित अशं ः

जनप्रतिनिधि आइसकेपछि विकासले गति लिएको छ
कृष्ण प्रसाद बस्याल
अध्यक्ष
बगनासकाली गाउँपालिका, पाल्पा

पाल्पा जिल्लामा २ वटा नगरपालिका र ८ वटा गाउँपालिका गरी १० वटा स्थानीय तह छन् । त्यसमध्ये साविक ९ वटा गाविस मिलेर बनेको बगनासकाली गाउँपालिका हो । यो गाउँपालिकामा ९ वटा वडा छन् । २० वर्षको अन्तरालपछि स्थानीय तहको निर्वाचन भएको छ । देश संघीय संरचनामा गएपश्चात सिंहदरबारको अधिकार गाउँगाउँमा आएको जनताले अनुभुति गरेका छन् । विकासले गति लिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण हामीले जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर अगाडी बढ्यौं । हिजो निर्वाचनमा वाचा गरिएका कुराहरुलाई केही समयको लागि थाती राख्दै सर्वप्रथम नागरिकको जीवन बचाउनतर्फ लागेका छौं । कोभिड–१९ बाट सुरक्षित रहनु सम्पूर्ण स्थानीय तह लाग्नुप¥यो । २०७६ चैत ११ गतेदेखि देशव्यापी लकडाउन सुरु भयो । नागरिकहरु घरभित्र बस्न बाध्य हुनुभयो । त्यसपश्चात खासगरी ज्यालादारीमा काम गर्ने मजदूर र किसान मर्कामा पर्नुभयो । गाउँपालिकाले विपन्न परिवारलाई राहत वितरण ग¥यो । प्रदेश सरकारबाट गाउँपालिकाको राहत कोषको लागि १० लाख उपलब्ध गराइएको थियो । नागरिकलाई सुरक्षित राख्नु नै हाम्रो दायित्व हो । ११ वटा विद्यालयलाई क्वारेन्टाइनको रुपमा प्रयोग गरेर भारतसहित तेस्रो मुलुकबाट फर्किएका करिब ३ हजार ५ सय नागरिकहरुलाई खाने र बस्ने सुविधा प्रदान गरेर व्यवस्थापन मिलायौं । पीसीआर रिपोर्ट नेगेटिभ आएकालाई घर र पोजेटिभ आएकालाई आइसोलेशनमा पठायौं ।
गाउँपालिकाले बाटो र माटोमा मात्र बजेट दिदैंन । त्यसैले गाउँपालिकाले बैंकहरुसंग सहकार्य गरेर सुलभ व्याजदरमा ऋण दिने कार्यविधि बनाएका छौं । त्यस्तै अलपत्र नागरिकको व्यवस्थापन र कोरोना भाइरस समुदायस्तरमा फैलिन नदिन नागरिकलाई सचेत बनाउने काम ग¥यौं । अहिले नागरिकहरु पनि सचेत हुुनुभएको छ । गाउँपालिकाले कृषि र पशुपालनलाई प्राथमिकतामा राखेको छ । बांझो जग्गा कति छन् भन्ने तथ्यांक तयार पारेर बेरोजगार नागरिकलाई कृषि कार्यमा लगाएका छौं । यो गाउँपालिकामा तरकारीखेती, मौरीपालन व्यवसाय गर्ने किसानहरुलाई ढुवानीवापत प्रतिकेजी २ रुपैयाँ गाउँपालिकाले उपलब्ध गराउँदै आएको छ । साढे ३ करोड मूल्य बराबरको खाद्यान्न गाउँपालिकाका किसानहरु विक्रीवितरण गर्न सफल हुनुभएको छ ।
गाउँपालिकामा मुख्य समस्याको रुपमा खानेपानीको समस्या थियो । हालसम्म ६० प्रतिशत खानेपानीको समस्या समाधान गरेका छौं । २५० खरका छानोलाई विस्थापित गरेका छौं । गाउँपालिकामा अहिले एउटा पनि खरको छानोका घर छैन् । यसै आर्थिक वर्षमा बालमैत्री गाउँपालिका घोषणा गर्ने तयारीमा छौं । गाउँपालिकामा एउटा प्राविधिक शिक्षालय स्थापना गरेका छौं । विद्युत सेवा पु¥याउन सफल भएका छौं । जनतालाई रोजगारीको अवसर सिर्जना गरेका छौं । सीप अनुसार रोजगारी दिएका छौं । बेरोजगारीको समस्यालाई मध्यनजर गर्दै बिना धितो र ब्याज स्नातक तहको सर्टिफिकेटको आधारमा ५ प्रतिशत छुट दिएर ७ लाखसम्मको ऋण उपलब्ध गराउँदै आएका छौं । गाउँपालिकामा प्राविधिक कर्मचारीहरुको अभाव छ, जसका कारण कार्यसम्पादनमा केही समस्या रहेको छ । गाउँपालिकामा कर्मचारीहरु आउनु इच्छुक हुनुहुन्छ । कर्मचारी तथा जनप्रतिनिधिबीच यो गाउँपालिकामा नङ र मासु जस्तैसम्बन्ध छ ।

समुदायलाई सचेत बनाउने कार्यमा गाउँपालिका लागेको छ
सुन्दर श्रेष्ठ
प्रमुख प्रशासकीय अधिकृत
बगनासकाली गाउँपालिका, पाल्पा

कोरोना भाइसर (कोभिड–१९) को संक्रमणका कारण यति बेला विश्व नै आक्रान्त छ । बगनासकाली गाउँपालिका पनि यस विषयमा गम्भिर भएर लागेको छ । यसको रोकथाम तथा नियन्त्रणको लागि संवदेनशील भएर गाउँपालिका टिम अहोरात्र खटिएको छ । यसले वास्तवमा विकास निर्माणको चाहनालाई केही भए पनि असर पारेको छ । समयमै विकास निर्माण कार्य हुन नसक्दा पक्कै पनि जनताले आशा गरेको प्रतिफल प्राप्त हुन सक्दैन । समयमा विकास निर्माण हुन सकेन । तथापी अहिलेको वर्तमान परिस्थितिमा मान्छेको जीवन ठूलो हो । मानिसको जीवन रहे भोलि पनि विकास निर्माणका कार्य हुन सक्छ । बगनासकाली गाउँपालिकामा हालसम्म ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ४२ जना निको भइसक्नुभएको छ भने १० जना उपचाररत हुनुहुन्छ । अन्य कार्यहरुलाई निरन्तर रुपमा अगाडी बढाएका छौं । लकडाउनका बाबजुद पनि गत आर्थिक वर्षमा गाउँपालिकामा ८४ प्रतिशत वित्तीय प्रगति भएको छ । यो जनप्रतिनिधि र कर्मचारीको संयुक्त प्रयासबाट सफल भएको छ ।
असारमा हतारहतारमा पनि काम सम्पन्न गर्नुपर्ने अवस्था भयो । स्थानीय सरकार सञ्चालन ऐन अनुसार कतिपय कार्यहरु गर्नुपर्ने भएकोले त्यही अनुसार अगाडी बढ्यौं । गाउँसभाबाट कोभिड–१९ नियन्त्रण तथा रोकथामको लागि विपद् व्यवस्थापन कोषको लागि १ करोड बजेट विनियोजन भएको थियो । समुदायस्तरमा कोरोना भाइरसको संक्रमण नफैलियोस् भन्ने उद्देश्यले रोजगारीको सिलसिलामा भारत तथा तेस्रो मुलुकमा रहेका नेपालीहरु फर्केपछि उहाँहरुलाई क्वारेन्टाइनमा राख्यौं । अहिले विद्यालयबाट क्वारेन्टाइन हटाउने भन्ने सरकारको निर्देशन अनुरुप सामूदायिक भवनमा क्वारेन्टाइन निर्माण गरिएको छ । माक्स, सेनिटाइजर, किट, औषधी खरीद लगायत स्वास्थ्य सामाग्री खरीद प्रक्रिया अगाडी बढायौं । विकास निर्माणको लागि उपभोक्ता समिति गठन गरी ८० प्रतिशत काम सम्पन्न भयो । समुदायस्तरमा कोरोना संक्रमण पुष्टि भएको कारण विकास निर्माणका कार्य केही पछाडी धकेलिएको छ । समुदायलाई सचेत बनाउने कार्यमा गाउँपालिका लागेको छ । संक्रमणको रोकथाम नै अहिलेको पहिलो प्राथमिकता हो । वातावरण सहज हुनेबित्तिकै उपभोक्ता समिति गठन, तालिम लगायत प्रक्रिया अगाडी बढाउने तयारीमा छौं । सम्भवत ः दशै, तिहारपछि अवस्था सहज भयो भने विकास निर्माणका कार्यहरुलाई अगाडी बढाउनेछौं । अहिलेको परिस्थितिमा भेला, गोष्ठी लगायतका कार्यक्रम गर्ने अवस्था छैन । संक्रमणको रोकथामको लागि गाउँपालिका टिम एकताबद्ध भएर लागेको छ ।

Facebook Comments