लुम्विनी सिटिले गर्यो सडक मानवको निःशुल्क उपचार ।

८ भदौ, बुटवल ।

लुम्विनी सिटि अस्पताल एण्ड मेडिकल साइन्स प्रा.ली बुटवलले मानव सेवा आश्रम बुटवलसाखा द्धरा सडकबाट उद्धार गरी ल्याएकी एक जना घरबार बिहिन सहयोगापेक्षी सडक मानवको खुट्टाका निःशुल्क उपचार गरेको छ ।
भैरहवाको सडक, गल्लिमा मागेर जिवनयापन गदै आएकी निज महिलाको खुट्टा भाचिइ लामो समय देखि बाटोमा लत्रीएर घिर्सिएर माग्दै खाने र वाटो मै सुत्ने गरेको स्थानियबासीहरुले बताइसके पछि मानव सेवा आश्रमले उद्धार गरेको हो ।

सोहि मानवको अप्रेसनको लागी लुम्विनि प्रादेसीक अस्पताल बुटवलमा लगेकोमा अप्रशन गर्ने पालो ८/१० दिन पछि आउने भएको र बिरामि पिडाले गर्दा आत्तिएकोले लुम्विनि सिटि अस्पतालमा अपे्रशन गर्नको लागी अनुरोध गरेको मानवसेवा आश्रम बुटवल कि संयोजक सरु अधिकारीले बताउनुभयो । निज बिरामिको अपे्रशन हाडजोनि तथा नसा रोग बिशेषज्ञ डा. सोम आलेले निशुल्क गर्नु भएको हो । औषधि खर्च औषधि व्यवसायि बसन्त जि सि ले निशुल्क उपलव्ध गराउनु भएको छ । भने निजको उपचारमा रु एक लाख भन्दा बढि खर्च भएकोमा इम्प्लान्ट को रु. २३ हजार बाहेक अन्य निशुल्क उपचार तथा सेवा दिइएकोमा मानव सेवा आश्रम बुटवलले अस्पताललाई धन्यवाद समेत प्रकट गरेको छ ।

Facebook Comments