आरतीको मृत्यु रहस्मय

गौतमबुद्ध सन्देश
लुम्बिनी, ५ कार्तिक । आफनै घर आँगनमा मृतअवस्थामा फेला पारिएकी रुपन्देहीको कोटहीमाई गाँउपालिका वडा नं. १ गोहूँगाँव निवासी २५ वर्षिय आरती केवटको रहस्मय मृत्यु प्रकरणले आत्महत्या कि हत्या भन्ने बारेमा प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरेको छ ।

मृतक केवटका भाइ भारतको उत्तरप्रदेश जिला सिद्धार्थनगर ग्राम सेमरहवा निवासी धमेन्द्र सहानीले भिनाजु २८ वर्षियजग्गु भन्ने जगलाल केवट विरुद्ध कर्तव्य ज्यान सम्बन्धि किटानी दरखास्त इलाका प्रहरी कार्यालय लुम्बिनीमा दिएको आधारमा प्रहरीले प्रारम्भिक अनुसन्धान थालनी गरेको हो ।

घटनाको खबर पाए पछि शनिवार बिहान प्रहरी टोली घटना स्थल पुग्दा केवट परिवारले मृतक आरतीलाई पासो काटी घर बाहिर आँगनमा सुताएको अवस्थामा फेला पारी सोही दिन पोष्टमार्टमका लागि भीम अस्पताल भैरहवामा अन्त्येष्टि समेत गराई पोष्टमार्टम रिपोर्ट बाँकी रहेको इप्रका लुम्बिनीका प्रहरी निरीक्षक पुरुषोत्तम रावत क्षेत्रीले जानकारी गराए ।

तर शुक्रवार राती घटना हुँदा केवट परिवारले शनिवार बिहान मृतक आरतीकेवटको शव आँगनमा राखी गाँउले समक्ष कालगतिले मरेको भन्दै दाहसंस्कारका लागि दाउरा काटन लाग्दा बीचमा प्रहरी पुगे पछि घटनाले अर्कै मोड लिएको स्थानीयले बताए ।

यद्यपी मृतकका श्रीमान जगलाल केवटले आफनो परिवार गाँउमा सांस्कृतिक कार्यक्रम हेर्न गएको बेला आफनो श्रीमती आरती केवट सुत्ने कोठाको ढोका खुल्ला राखी साडीले दलानमा झुण्डिएको अवस्थामा भेटेको दावी गरे ।
उनले आफू डेढ महिना अगाडी देखि विदेशबाट घर फर्किएपछि कुनै प्रकारको विवाद समेत नभए पनि श्रीमतीले आफै पासो लगाउनुका कारण बारे अनविज्ञ रहेको मृतकका श्रीमान केवटको भनाइ छ ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *