भैरहवामा महालक्ष्मी रात्री जागरण

गौतमबुद्ध सन्देश
भैरहवा, ५ कार्तिक । हिन्दुहरुको महान पर्व दिपावलीको अवसरमा भैरहवामा विशाल महालक्ष्मी रात्री जागरण सम्पन्न भएको छ । श्री श्री श्री दुर्गा मन्दिर किर्तन मण्डली सि.न.पा.–४ सुगमिल, रुपन्देहीको आयोजनामा उक्त जागरण कार्यक्रम भएको हो ।

धर्म संस्कृतिको संरक्षण गर्ने उद्धेश्यले जागरणको आयोजना गरिएको मण्डलीका महासचिव लक्ष्मण प्रसाद गुप्ताले बताए ।

मण्डलीका अध्यक्ष दिपेन्द्र कुमार चौधरीको अध्यक्षता, समाजसेवी प्रमोद यादवको प्रमृुख आतिथ्यता, अर्का समाजसेवी अमित कुमार गुप्ताको विशिष्ट आतिथ्यता, बुद्ध सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष नरेन्द्र रौनियारको विशेष आतिथ्यता, मण्डलीका संरक्षक श्रीराम गुप्ता, समाजसेवी आनन्द प्रसाद गुप्ता, हिरालाल गुप्ता, भैरव प्रसाद कलवार, सि.न.पा.वडा नं. ४ का वडा अध्यक्ष मुक्तिनाथ यादव, जागरण ग्रुपका प्रमुख उमाशंकर मिश्र, सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका कार्यसमिति सदस्य गंगासागर अग्रहरी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम विशाल श्रीवास्तवको सञ्चालनमा सम्पन्न भएको थियो ।

सोही अवसरमा महालक्ष्मी रात्री जागरणमा समय दिइ सहयोग गर्ने विभिन्न व्यक्तित्वहरुलाई मायाको चिनो तथा प्रशंसापत्रद्धारा सम्मान गरिएको थियो ।

Facebook Comments