लियो क्लब अफ सिद्धार्थनगरमा पौडेल

गौतमबुद्ध सन्देश

भैरहवा, १४ वैशाख ।
सामाजिक क्षेत्रमा क्रियाशिल संस्था लियो क्लब अफ सिद्धार्थनगरको वर्ष २०२०/२१ का लागि अध्यक्षमा समीर पौडेल निर्वाचित भएका छन् । क्लबको सम्पन्न अधिवेशनले पौडेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो । क्लबको  प्रथम उपाध्यक्षमा गौरव नेपाल, द्वितीय उपाध्यक्षमा सरोज ठकुरी, तृतीय उपाध्यक्षमा दिपेश आचार्य, सचिवमा कमल परियार र कोषाध्यक्षमा सतिस भुसाल रहेका छन् ।

अहिले विश्वभरी कोरोना भाइरस संक्रमणका कारण सरकारले घोषणा गरेको लकडाउन पालना गर्दै अनलाइन भिडियो सम्वाद मार्फत अधिवेशन सम्पन्न भएको क्लबका वर्ष २०१९/२० का जनसम्पर्क अधिकारी गगन नेपालले जानकारी दिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *