ट्रकका चालक र सहचालकलाई माक्स

गौतमबुद्ध सन्देश

बुटवल, १२ वैशाख ।
कोरोना भाइरसको उच्च जोखिमबाट बच्न र संक्रमण फैलिन नदिनका लागि ढुवानीका सवारी चालक र सहचालकहरुलाई माक्स प्रदान गरिएको छ ।

पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवल र लुम्बिनीे ट्रक यातायात व्यवसायी संघको सम्युक्त टोलीले बुटवल देखि भारतीय सीमानाका बेलहियासम्म स्थलगत अनुगमन गदै चालक र सहचालकलाई अनिवार्य माक्स लगाउन र सुरक्षित तवरले सवारी चलाउनका लागि आह्वान गरेका थिए ।

पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलका अध्यक्ष यम प्रसाद पाण्डे र लुम्बिनीे ट्रक यातायात व्यवसायी संघका अध्यक्ष विष्णु प्रसाद खरेलले कोरोना भाइरसको उच्च जोखिमबाट बच्न र संक्रमण फैलिन नदिनका लागि नयाँ मानिससंग सम्र्पक नगर्न चालकहरुलाई सडकमै रोकेर प्रशिक्षण दिएका थिए ।

मालसामान लिएर देशका विभिन्न स्थानमा पुग्ने ट्रक चालक र सहचालकहरुलाई माल अनलोड गरि सम्बन्धित मालसामानधनीवाट सामान बुझाएर फर्केको भरपाई गराउन पनि अध्यक्षद्धयले निर्देशन दिएका थिए ।

टोलीले लुम्बिनीे ट्रक व्यवसायी संघले संचालन गरेको तौल पुल धर्मकाटाको र भन्सार नाकामा लोड गरी बसेका सवारीसाधनको समेत अनुगमन गरेको थियो ।

 

Facebook Comments