झुण्डिएको अवस्थामा युवतीको शव फेला

गौतमबुद्ध सन्देश
भैरहवा, ४ कार्तिक । चाडपर्वमा सबै रमाइरहेको बेला रुपन्देहीमा झुण्डिएको अवस्थामा एक युवतीको शव प्रहरीले फेला पारेको छ ।

इलाका प्रहरी कार्यालय लुम्बिनीले दिएको जानकारी अनुसार रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं. १ गोंहूगाँव बस्ने अन्दाजी २५ वर्षिय आरती केवटको शव शुक्रवार बिहानै ५ बजे आफनै घरआँगनमा साडीको पासो लगाई झुण्डिएको अवस्थामा फेला पारिएको हो ।

दुई सन्तानकी आमा समेत रहेकी केवटको शव परीक्षण भीम अस्पताल भैरहवामा गराई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको इप्रका लुम्बिनीका प्रहरी निरीक्षक पुरुषोत्तम रावत क्षेत्रीले बताए ।

मृतक युवतीको माइती पक्षले श्रीमान लगायत ससुराली पक्षका सासु ससुरा र मृतकका देवर विरुद्ध कर्तव्य ज्यान विरुद्ध इलाका प्रहरी कार्यालय लुम्बिनीमा किटानी जाहेरी दरखास्त समेत बुझाएकाले घटना बारे प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रावत क्षेत्रीले जानकारी दिए ।

 

Facebook Comments