राहत लिएर तरुण दल र नेविसंघ घरघरमा
नारद कोहार
कपिलवस्तु, १० बैशाख ।
विश्वभर फैलिएको कोरोना त्रासका कारण मुलुक ४ सातादेखि लकडाउनमा रहेको छ । लकडाउनलाई मध्यनजर गर्दै गरीव विपन्नलाई चुलोचौको गर्न समस्या हँुदा नेपाल तरुण दल क्षेत्र नम्बर २ र नेपाल विद्यार्थी संघले राहत लिएर घरघरमा पुगेका छन् । सोही अवसरमा कपिलबस्तु नगरपालिकाको तौलिहवामा बुधबार ४० जनालाई राहत प्रदान गरिएको हो ।
ज्याला मजदुरी गर्न नपाएर हातमुख जोर्न समस्या भएकालाई सो राहत वितरण गरिएको नेपाल विद्यार्थी संघका पुर्व सह–महामन्त्री प्रकाश घिमिरेले बताए । उनले भने समाजसेवी र साथीहरुको सहयोगमा र आफ्नो खाजा खर्च कटाएर राहत वितरण गरेको बताए । आफुहरु हुँदासम्म कोही भोकै बस्ने अवस्था सिर्जना हुन नदिने घिमिरेले बताए ।
उनीहरुलाई जनही १० किलो चामल, एक किलो नुन, १ लिटर खाने तेल, डेढ किलो दाल र २ पिस साबुन प्रदान गरिएको नेपाल तरुण दल क्षेत्र नम्बर २ का सभापति राजेश उपाध्ययले बताए । राहत २ सय बढीलाई वितरण गर्ने कार्यक्रम रहेको उनले बताए ।
राहत वितरणमा नेपाल तरुण दलका नगर सभापति अनुप कुमार पाण्डे, नेपाल विद्यार्थी संघका जिल्ला सभापति राकेश पाण्डे र क्षेत्रिय सभापति आनन्द चौधरी लगायतको उपस्थिति रहेको थियो ।
Facebook Comments