सीमा सुरक्षा बलद्वारा विस्फोटक पदार्थ बरामद

गौतमबुद्ध सन्देश
लुम्बिनी, ४ कार्तिक । खुल्ला सिमानाका कारण चाडपर्वका बेला अवैध रुपमा नेपाल भित्रयाउन लागिएको भारी मात्रामा बिस्फोटक पदार्थ आतिशबाजी ५० हजार मुल्य बराबरको पटाका सशस्त्र प्रहरी सीमा सुरक्षा बल बीओपी बर्दघाट मसिनाले बरामद गरेको छ ।

सशस्त्र प्रहरी गस्ती टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका कालीदह सीमावर्ती क्षेत्रमा भारतबाट नेपाल भित्रयाउन थालिएका बिस्फोटक पदार्थ आतिशबाजी पटाका पहिलो पटक फेला पारेको हो ।

रातो बत्ती भएको सशस्त्र प्रहरीको गश्ती टोलीको गाडी देखेर तस्करहरु खेतैखेतबाट विस्फोटक पदार्थ छाडी फरार भएको सशस्त्र प्रहरी निरीक्षक शालिग्राम अधिकारीले बताए । फेला पारिएको बिस्फोटक पदार्थ स्थानीयवासी, समाजसेवी र सञ्चारकर्मीको रोहबरमा खाल्टो खनेर नष्ट पारिएको सशस्त्र प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए ।

 

Facebook Comments