थाइ राजकुमारीद्धारा बुद्ध विहारको उदघाटन

गौतमबुद्ध सन्देश
लुम्बिनी, ३ कार्तिक । थाइल्याण्डकी राजकुमारी महा चक्ररी श्रीरिनध्रोनले वुद्ध जन्मस्थल लुम्बिनीस्थित थाइ राजकिय बुद्ध विहारको उदघाटन गरेकी छन् ।

थाइल्याण्डमा रहेको बौद्ध संस्कृति र परम्परा देखाउन तथा थाइ भिक्षुहरुलाई वौद्ध अभ्यास गर्न भन्दै थाइल्याण्ड सरकारले बुद्ध विहारको स्थापना गरेको हो । ४ विगाह क्षेत्रफलमा विहार, प्राथमिक आँखा उपचार केन्द्र, ध्यान केन्द्र लगायत रहेको छ । सरकारले बौद्ध देशहरुलाई आआफ्ना सस्कृति झल्काउने विहार बनाउन दिने निर्णय गरेपछि थेरावाद वौद्ध परम्परा अन्र्तगतको अभ्यासका लागि २० वर्ष अघि देखि विहार निर्माण थालिएको थियो ।

राजकुमारीले शुक्रबार लुम्बिनीमा रहेको मायादेवी मन्दिरको दर्शन गरी पूजा अर्चना गरेकी थिइन । त्यस लगत्तै थाइ सरकारद्धारा निर्मित बेबी बुद्धको अवलोकन गर्दै उनी विहार क्षेत्रमा आयोजित आशा परीक्षण कार्यक्रममा समेत सहभागी भएकी थिइन । थाइ सरकारको सरकारी कार्यक्रम अन्तरगत आएकी राजकुमारी शुक्रबारै काठमाडौं फर्किएकी थिइन ।

थाइ एअरको विशेष बायुयानबाट शुक्रबार विहान काठमाण्डौं आएकी थाइ राजकुमारी श्रीरिनध्रोन बुद्ध एअरको चार्टर मार्फत सिधैं लुम्बिनी आएर फर्केकी थिइन । राजकुमारीसंगै थाइ सरकारका विशिष्ट पाहुनाहरु पनि लुम्बिनी आएका थिए ।

Facebook Comments