भैरहवामा नेपाल सम्वत ११३८ मनाइयो

गौतमबुद्ध सन्देश
भैरहवा, ३ कार्तिक । नेवा : खल सिद्धार्थनगर भैरहवाले भैरहवामा नेपाल सम्वत ११३८ न्यु दयां भिन्तुना मनाएको छ । नेपालीको मौलिक र राष्ट्रिय सम्वत नयाँ वर्षका रुपमा मनाइने नेपाल सम्वत नेवा ः खलको प्रांगणमा एक कार्यक्रमको आयोजना गरी मनाइएको हो ।

नेपालीको महान पर्व तिहार (दीपावली) अन्तर्गतको नेवारी समुदायमा प्रचलित म्हः पूजाको दिन देखि नेपाल सम्वत (नयाँ वर्ष) प्रारम्भ हुने हुँदा नेपाल सम्वतको स्वागतार्थ हरेक वर्ष निकालिने ¥यालीलाई यस वर्ष पनि निरन्तरता दिइएको थियो ।

नेवा : खल सिद्धार्थनगरका अध्यक्ष सुवर्णमुनि शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा संस्कृतिविद् प्रा.डा. गितु गिरीले संस्कृति संरक्षणमा सबै लाग्नु पर्नेमा जोड दिए । कार्यक्रममा प्रा.डा.कपिल लामिछानेले भाषा जोगाउनलाई व्यवसायको रुपमा नै लिनुपर्नेमा जोड दिए ।

साहित्यकार बालकृष्ण भट्राईले नेपालीको पहिचान नै नेवार समुदायले बचाएकाले अबको पिढी पनि भाषा संस्कृतिमा पछ्याउनु पर्ने भएकाले युवा जगतले बाटो विराउन नहुने बताए ।

कार्यक्रममा खलका सल्लाहकार एवं पुर्व अध्यक्ष विजय गोविन्द श्रेष्ठले नेपाल सम्वत र म्ह पुजाको महत्व र ऐतिहासिक पृष्ठभुमिका बारेमा स्पष्ट पारेका थिए । सो अवसरमा साहित्यकार वनमाली निराकार, सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष कुल प्रसाद न्यौपाने, सल्लाहकार शेखर प्रधान, चन्द्र प्रकाश श्रेष्ठ, व्रह्माकुमारी ईश्वरिय विश्वविद्यालयकी प्रतिनिधि सुमित्रा शर्मा लगायतले बोलेका थिए ।

कार्यक्रममा निधानचन्द्र श्रेष्ठ, राजेन्द्र प्रसाद श्रेष्ठ, धन बहादुर गहतराज, उमेशचन्द्र रिजाल, डिल्लीराज भट्राई, घनश्याम गौतम, सुवास रिजाल, योगेन्द्रनाथ आचार्य, ठाकुरचन्द्र शर्मा लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेवाः खलका सदस्य परिवारबाट स्थानीय तह चुनावमा विजयी जनप्रतिनिधि सिद्धार्थनगर नगरपालिका वडा नं.७ का भिमसेन कर्माचार्य, वडा न.१२ का करुञ्जन श्रेष्ठ, १३ का सतिश मर्सानी, वडा न.६ का वडा सदस्य दिपक कुमार श्रेष्ठ, १३ का शिव श्रेष्ठ र १३ कै सदस्य केदारमान राजभण्डारीलाई प्रमाण पत्र सहित स्वागत गरिएको थियो ।

कार्यक्रम संयोजक विनोद कुमार श्रेष्ठको स्वागत मन्तव्य तथा सचिव भाग्यमान महर्जनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम पश्चात चेतनामुलक मोटरसाइकल ¥यालीले बजार परिक्रममा गरेको थियो ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *