जेसीआई सिद्धार्थद्वारा खाद्यान्न वितरण

गौतमबुद्ध सन्देश

भैरहवा, १८ चैत ।
विश्वव्यापी कोरोना भाइरस माहामारीका कारण सरकारले घोषणा गरेको लकडाउन अवधिमा संकटमा परेका गरीब तथा असहाय परिवारलाई जेसीआई सिद्धार्थ, नेपालले खाद्यान्न सामाग्री वितरण गरेको छ । सिद्धार्थ जेसिजले एक हप्ता जति पुग्ने खाद्यान्न सामाग्री मंगलबार निःशुल्क वितरण गरेको अध्यक्ष मंगल भण्डारीले बताए ।

रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर २ पडसरीका २७ र सिद्धार्थनगर नगरपालिकाका ८ जना गरी जम्मा ३५ परिवारलाई चामल, दाल, आँटा, तेल, चिनी, नुन, चियापत्ती, आलु, प्याज, भुजा, सोयाबिन, बिस्कुट, सब्जी मसला गरी करिब ५० हजार बराबरको खाद्य सामाग्री वितरण गरेको कार्यक्रम संयोजक दिपक सापकोटाले बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *