पूर्व कृषिराज्य मन्त्री गुल्जारीले बांडे ६० क्वीन्टल चामल

गौतमबुद्ध सन्देश
भैरहवा, १८ चैत ।

पूर्व कृषि तथा सहकारी राज्यमन्त्री ओमप्रकाश यादव (गुल्जारी) ले मर्चवार क्षेत्रका वासिन्दालाई ६० क्वीन्टल चामल वितरण गरेका छन् । उनले रुपन्देहीको मायादेवी गाउँपालिका–६ स्थित शिवपुरमा मर्चवार क्षेत्रका १ हजार जनालाई चामल वितरण गरेका हुन् ।

कोराना भाइरस (कोभिड–१९)को महामारीका कारण सरकारले लकडाउनको घोषणा गरेको र त्यसलाई पालना गर्ने क्रममा आर्थिक अवस्था कमजोर भएका कारण कोही पनि खानबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले नागरिकलाई चामल वितरण गरिएको गुल्जारीले बताए ।

सोमबार शिवपुरबाट सुरु गरिएको कार्य अब मर्चवारका गाउँगाउँ तथा चोकचोकमा गएर चामलसहित अत्यावश्यक खाद्यान्न सामाग्री वितरण गरिनेछ, उनले भने ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर ५ कमिटी सदस्य समेत रहेका नेता गुल्जारीले भने, “कोरोना भाइरसको संक्रमण नफैलियोस भन्ने उद्देश्यले सरकारले घोषणा गरेको लकडाउनको नागरिकले पूर्ण रुपमा पालना गर्नुपर्छ, लकडाउन सम्पूर्ण नागरिककै हितको लागि हो ।

साना किसान कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षको समेत जिम्मेवारी सम्हालेका गुल्जारीले लकडाउनको अवधिमा मर्चवारवासी कोही पनि भोकै रहनु नपर्ने बताए ।

Facebook Comments