रुपन्देहीमा विश्वकै लामो रंगोली

गौतमबुद्ध सन्देश
भैरहवा, २ कार्तिक । तिहारको अवसरमा रुपन्देहीमा विश्वकै सबैभन्दा लामो रंगोली बनाइएको छ । सामाजिक क्षेत्रमा काम गर्दै आएको संस्था बागेश्वरी असल शासन (बास) रुपन्देही र हाटीअमुवा युवा क्लबको आयोजनामा बुधवार अहिले सम्मकै लामो रंगोली बनाइएको हो ।

संस्थाले कला संस्कृति तथा पहिचानको जर्गेना, पर्यटकलाई आकर्षित गर्न र गिनिज बुकमा नाम लेखाउने गरी विश्वकै ठूलो रंगोली बनाइएको बास रुपन्देहीका अध्यक्ष विजया खत्रीले जानकारी दिइन । विश्वमा अहिले सम्म ठूला आकारका दुई वटा रंगोली बनाइएको छ । भारतमा १ दशमलव ३ किलोमिटर र बांगलादेशमा १ दशमलव ४ किलोमिटरको रंगोली बनाइएको हाटीअमुवा युवा क्लबका अध्यक्ष गंगाराम यादवले बताए ।

रुपन्देहीमा भने १ दशमलव ५ किलोमिटरको रंगोली बनाइएको हो । उक्त रंगोली भैरहवा क्षेत्रको लखन चोक देखि हाटी अमवा सम्मको सडकमा बनाइएको छ । उक्त रंगोली सेतो, पहेंलो, रातो, निलो र हरियो गरी ५ प्रकारका रंग प्रयोग गरिएको कार्यक्रम संयोजक एवं बास रुपन्देहीका उपाध्यक्ष विरेन्द्र गुप्ताले बताए । ५ सय जना कलाकार रंगोली बनाउन सहभागी चाहिनेमा ३ सय जना स्वयंसेवक रहेको र साढे ५ लाख रुपैयाँ खर्च लागेको गुप्ताले जानकारी दिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *