थाई राजकुमारीलाई एकीकृत सुरक्षा

गौतमबुद्ध सन्देश
लुम्बिनी, २ कार्तिक । बिहीवार पहिलो पटक बुद्ध जन्मस्थल लुम्बिनी आउन लागेकी थाई राजकुमारी महा चाक्री चेरिर्डोनलाई नेपाल सरकारले एकीकृत विशेष सुरक्षा पु¥याउने भएको छ ।

थाई राज परिवारका सदस्य समेत रहेकी थाई राजकुमारी चेरिर्डोनलाई विशेष अतिथिको कोटीमा राखि राज्यले उनको लुम्बिनी आगमनका दिन देखि फिर्ती सवारी नभए सम्म भरपर्दो एकीकृत सुरक्षा प्रणाली मार्फत सुरक्षा सेवा प्रदान गर्न लागिएको रुपन्देही प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीले बताए ।

एकीकृत सुरक्षा प्रणालीलाई बुधवार भैरहवा देखि लुम्बिनी सम्म गरिएको परिक्षण पूर्णरुपमा सफल रहेको हुदा थाई राजकुमारीलाई एकीकृत सुरक्षा प्रणाली मार्फत सातवटा सुरक्षा दस्ताद्धारा सुरक्षा सेवा पु¥याउने रुपन्देही प्रहरी प्रमुख श्याम ज्ञवालीले बताए ।

थाई राजकुमारी सुरक्षार्थ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी पर्यटन प्रहरी, ट्राफिक प्रहरी ,दंगा प्रहरी, लुम्बिनी विकास कोष सुरक्षा गार्ड, फोरग्रुप समेतलाई युनीफाईैड गरी एकीकृत सुरक्षा दिन लागिएको सुरक्षा स्रोतले जानकारी गराएको छ ।  यद्यपि धार्मिक पर्यटकीय स्थलमा एकीकृत सुरक्षा योजनाले पर्यटकहरुलाई केही सास्ती व्योहोर्नु पर्ने प्रहरी स्रोतको भनाई छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *