विद्युत प्राधिकरणका प्रमुखसहित २ विरुद्ध मुद्दा

परासी, २३ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण त्रिवेणी उपवितरण केन्द्र नवलपरासी (पूर्व) का कार्यालय प्रमुखसहित दुईजना विरुद्ध मुद्दा दायर गरेको छ ।
अख्तियारले कार्यालय प्रमुख बिजयकुमार महरा र फोरम्यान (चौथो तह) का मेघराज काफ्लेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनीहरुलाई सेवाग्राहीसँग ४६ हजार ५ सय ५५ रुपैयाँ घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो । त्योभन्दा पहिले पनि उनीहरुले सेवाग्राहीसँग थ्रीफेज लाइन जडान गरिदिने भन्दै ९० हजार घुस लिएका थिए ।
कार्यालय प्रमुख महरा र फोरम्यान काफ्लेविरुद्ध १ लाख ३६ हजार ५ सय ५५ विगो कायम गरिएको छ । उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम कारवाहीको माग दाबीसहित विशेष अदालतमा आरोप पत्र दायर गरिएको छ ।
थ्रीफेज विद्युतीय लाइन जडान गर्ने कार्यका लागि ९० हजार घुस दिने राजु आचार्य सजाय माग दाबीमा पूर्ण छुट दिई अख्तियारको साक्षीको रुपमा प्रस्तुत गरिने प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *