विकासतर्फ लम्कँदै कोटहीमाई, सीसीटीभी जडानदेखि ई–हाजिरीको व्यवस्थापन

रबिन्द्र प्रताप गुप्ता
भैरहवा, भदौ ।
रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवालाई पिछडिएको क्षेत्र मानिन्छ । अझ यसलाई बत्ती मुनीको अध्याँरो समेत भन्ने गरिन्छ । तर यसको परिचय यतिमा मात्र सीमित भने छैन । अन्नभण्डारको रुपमा समेत मर्चवारलाई चिनिन्छ । संघीयताको कार्यान्वयन सुरु भएसंगै यहाँ पनि विकास सुरु भएको छ । स्थानीय तहले जनप्रतिनिधि पाएपछि नागरिकले विकासको अनुुभूति गर्न लागेका छन् ।
मर्चवार क्षेत्र अन्तर्गत पर्ने रुपन्देहीको गाउँपालिका विकासतर्फ लम्किदै गएको छ । संघीयता आएपछि पहिलो पटक स्थानीय तहको निर्वाचन पश्चात यो गाउँपालिकाले विभिन्न सकारात्मक कामहरु गर्दै आएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७५÷७६ मा नमूना कार्यहरु पनि गरेको छ । मर्चवारको सबैभन्दा चहलपहल हुने मझंगावा चोकमा सुरक्षालाई चुस्तदुरुस्त बनाउन प्रहरीको निगरानीमा रहने गरी सिसिटिभी क्यामेरा जडान गरेको छ । गाउँपालिकामा रहेका अतिविपन्न ४० घर परिवारको घर निर्माण गरिएको छ, त्यस्तै विदेशबाट फर्केर आएका युवाहरुलाई आफ्नै गाउँठाउँमा व्यवसाय सञ्चालन गर्न ३५ हजारका दरले व्यवसाय सञ्चालन गर्न सहयोग गरिएको छ, गाउँपालिका अध्यक्ष चन्द्रभुषण यादवले भने ।
त्यस्तै लुम्बिनी देखि मर्चवारीदेवी मन्दिरलाई जोड्न सडकको डिपिआरको लागि बजेट बिनियोजन गरिएको अध्यक्ष यादवले जानकारी दिए । त्यस्तै मर्चवारको मुख्य धार्मिक स्थल मर्चवारीमाई मन्दिरमा धर्मशाला निर्माण गरिएको उनले बताए । त्यसै गरी कोटहीमाई मन्दिरमा धर्मशाला निर्माण गरी मन्दिर परिसरमा टायल लगाइ आवश्यक व्यवस्थापन गरेको यादवले जानकारी दिए । गाउँपालिका अन्तर्गत अव्यवस्थित वडा कार्यालयहरुलाई व्यवस्थित तथा नयाँ भवन निर्माण गरिएको छ, वर्षौ देखि अन्यौलमा रहेका सडकहरु सञ्चालन गर्न उक्त सडकहरुको मर्मत कार्य भएको छ, उनले भने ।
त्यस्तै गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा रहेको न्यायिक समितिले प्रभावकारी काम गरेको गाउँपालिकाको दावी छ । विवादको निरुपण मेलमिलाप केन्द्रबाट गरेका छौ, यहाँ आएका मुद्धाहरु सके सम्म समाधान गरेर पठाएका छौं, गाउँपालिका उपाध्यक्ष भानमती वनियाले भनिन् । न्याय सम्पादनमा गाउँपालिकाले उदाहरणीय काम गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले भौतिक पूर्वाधारसंगै शिक्षा, स्वास्थ्य र कृषिमा पनि उल्लेखनीय काम गरेको प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद घिमिरेले बताए । गाउँपालिका अन्तर्गत रहेका सम्पूर्ण विद्यालयमा शिक्षा क्षेत्रलाई गुणस्तरीय बनाउन ई–हाजिरीको व्यवस्थापन गरिएको घिमिरेले जानकारी दिए । गाउँपालिकामा पहिलो पटक मकै खेती अभियान सुरु गरिएको र गाउँपालिकाबाट किसानहरुलाई प्रति कठ्ठा २ हजारका दरले सहयोग गरिएको उनले बताए । व्यवसायिक खेतीतर्फ उत्प्रेरित गर्न किसानहरुलाई विभिन्न तालिम प्रदान गर्नुका साथै विभिन्न ठाउँमा डीप बोरिङ तथा खानेपानीको प्रबन्ध गरिएको उनको भनाइ छ । त्यस्तै गाउँपालिकामा अव्यवस्थित रहेको आयुर्वेद क्लीनिकको व्यवस्थापन गरी अधिकाशंलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको उनले बताए ।

मुख्य स्थानमा सोलार बत्ती
गाउँपालिकाले प्रत्येक वडाको मुख्य मुख्य स्थानमा ४५ वटा सोलार बत्ती जडान गरिसकिएको मोहम्मद नुरुल हुसेनले बताए । त्यस्तै गाउँपालिकाको सम्पूर्ण सडक कालोपत्र गर्ने योजना बनाइएको उनले बताए ।

सिपमूलक तालिम
गाउँपालिकाका नागरिकको क्षमता विकास, सीप विकास, सकारात्मक सोच विकास गर्न विभिन्न किसिमका लक्षित वर्गको लागि तालिम आयोजना गर्दै आएको छ । त्यस्तै गाउँपालिकाका २ सय ७६ युवा तथा युवतीहरुलाई कम्प्युटर शिक्षा प्रदान गरिसकेको जनाएको छ । मर्चवारमा पहिलो पटक गाउँपालिकाले कम्प्युटर तालिम प्रदान गरेको उसको दावी छ ।

स्थानीय भाषालाई प्राथमिकता
मर्चवारको स्थानीय भाषा तथा धर्म संस्कृति संरक्षणको लागि भोजपुरी भाषामा पुस्तक प्रकाशन गर्ने बजेट गाउँपालिकाले विनियोजन गरेको छ । पुस्तक प्रकाशनको लागि लेखाइ प्रक्रिया पुरा भइसकेको गाउँपालिकाले जनाए

Facebook Comments