युनिक होम्समा प्लस टु

गौतमबुद्ध सन्देश
भैरहवा, १५ असार ।
रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ धकधईमा अवस्थित युनिक होम्स इङलिस बोर्डिङ हाई स्कूल यसै शैक्षिक सत्र २०७६ देखि दश जोड दुई (प्लस टु) सञ्चालनको अन्तिम तयारीमा छ । विद्यालयले प्लस टु सञ्चालनको तयारी अन्तिम चरणमा तीव्रताका साथ भइरहेकोले उच्च शिक्षाको लागि आफ्नै ढोका नजिकै प्राप्त सुनौलो अवसरबाट लाभ लिन आग्रह गरेको छ । संस्थागत विद्यालयतर्फ सिंगो रोहिणी गाउँपालिकामा प्लस टु को अभाव पुर्ति हुने विश्वास विद्यालयको छ ।

प्लस टु कार्यक्रम सञ्चालनार्थ विद्यालयद्वारा धकधईमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विद्यालयका प्रिन्सिपल मनोज कुमार यादवले खासगरी विद्यालयले गुणस्तरीय शिक्षामा जोड दिने बताए । उनले स्थानीय सरकार रोहिणी गाउँकार्यपालिकाको कार्यालयले कक्षा ९ देखि १२ सम्म प्राविधिक धारतर्फको कम्प्युटर साइन्स विषयको कक्षा सञ्चालन तथा दश जोड दुई (प्लस टु) तर्फ व्यवस्थापन र शिक्षा संकायतर्फ अन्तर्गतका विषयहरुको पठनपाठनको स्वीकृती प्रदान गरिसकेको जानकारी दिए । विद्यालयका प्रबन्ध निर्देशक मात्रिका प्रसाद यादवको सपना, सोच, सार्थक प्रयास, अर्थ लगानी र अथक मिहिनेतका कारण र केही शुभेच्छुक तथा शिक्षाप्रेमीहरुको साथ र सहयोगमा २०५० सालमा विद्यालयको स्थापना भएको उनको भनाइ थियो ।

युनिक होम्समा प्लस टु सञ्चालनले उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीको अभिलाषाको गतिलो, भरपर्दो, विश्वासिलो र दिगो माध्यम बन्ने प्लस टु संयोजक पंकज यादवले बताए । उनले उच्च शिक्षा हासिल गर्न टाढा शहर बजार पुग्न नसकी बाध्यतावश पढाइ छाड्न पुगेका छात्राहरुलाई पनि सहयोग पुग्नेमा विश्वस्त रहेको बताए । यस क्षेत्रकै स्थापित, परिचित शैक्षिक संस्थामा प्लस टु का लागि धकधई, भैरहवा लगायत स्थानका अनुभवी शैक्षिक व्यक्तित्वहरुको लगानी र सुव्यवस्थापन रहेको यादवले जानकारी दिए ।

रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले शिक्षा क्षेत्रको विकासमा गाउँपालिका प्रतिबद्ध रहेको बताए । उनले गाउँपालिका भित्र नै गुणस्तरीय शिक्षा दिने कसरतमा गाउँपालिका लागेको बताए । विद्यालयका शिक्षक छवि ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

२०६९ असार ३ गते जिल्ला शिक्षा कार्यालयबाट ख वर्गमा सुचीकृत युनिक होम्समा हाल ८८० विद्यार्थी अध्ययनरत छन् । विद्यालयले २०६० मा प्रा.वि., २०६२ मा नि.मा.वि. र २०६६ मा मा.वि. तहको पठनपाठनको लागि नेपाल सरकारबाट स्वीकृति पाइ सोही अनुसारका गतिविधिमार्फत यस क्षेत्रको शैक्षिक विकासमा योगदान पु¥याइरहेको जनाएको छ ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *