मिस्टर एण्ड मिस टिनको फाइनल शनिबार

गौतमबुद्ध सन्देश

बुटवल, १३ असार ।

मिस्टर एण्ड मिस टिन प्रदेश नम्बर ५ सिजन दुईको फाईनल शनिबार हुने भएको छ । एक महिना अगाडि सुरु भएको उक्त प्रतियोगिताको अडिशनबाट छनोट भएकाहरु उपाधीका लागि शनिबार आफ्नो अन्तिम प्रतिस्प्रर्धा गर्ने भएका हुन् ।

मिस्टर एण्ड मिस टिन प्रदेश नम्बर ५ सिजन दुईको आयोजक संस्था  एस.पी.एम. क्रियशन बुटवल रुपन्देहीले बिहीबार पत्रकार सम्मेलन गरेर असार १४ गते हुने फाइनल प्रतियोगिताको तयारी पुरा भएको जानकारी गराएको हो ।

क्रियशनका अध्यक्ष पवन आचार्यले रुपन्देही जिल्लासंग सीमा जोडिएका कपिलवस्तु लगायतका जिल्लाबाट सहभागि भएका २५ जनामध्ये छनोटमा परेका १२ जना बीचमा उपाधीका लागि प्रतिष्पर्धा हुने जानकारी गराए । इनर तथा आउटर ब्यूटीलाई किशोर तथा युवा अवस्थामा पुगेकाहरुबाट बाहिर निकाल्न प्रतियोगिताको आयोजना गरिएको आचार्यले बताए ।

प्रतियोगिताको उपाधी विजेता मिस्टर एण्ड मिसले नगद १५÷१५ हजार नगद, प्रिन्स एण्ड प्रिन्सेस इन्टरनेशनलमा सहभागी हुने अवसर तथा अन्य थुप्रै गिफ्ट हेम्परहरु प्राप्त गर्नेछन् । प्रतियोगिताका सहभागीहरुले भिवर च्वाईस, फस्ट रनर, सेकेण्ड रनर टाईटलहरु प्राप्त गर्ने छन् । यस्तै मस्ट पपुलर च्वाईस, मस्ट ट्यालेन्ट, बेस्ट प्रशनालिटी, बेष्ट वक, मस्ट कन्फिडेन्ट, ब्यूटी÷हेन्सम वीथ प्रपोज, मस्ट ब्यूटीफुल हेयर, वेस्ट स्कीन लगायतका सवटाईटलमा प्राप्त गर्नेछन् ।

फाइनल प्रतियोगितामा सहभागि हुनु पहिले सहभागिहरुलाई कन्फिडेन्ट डेभलप, पब्लिक स्पीकिङ्ग, फोटो सुट, भिडियो सुट, मेकअप क्लास, आरजे÷भिजे ट्रेनिङ्ग, मोडलिङ्ग, कोरियोग्राफि लगायतका कार्यक्रममा सहभागि गराइएको थियो ।

शनिबार हुने फाईनल प्रतियोगितामा कोरियोग्राफि रेशम न्यौपाने, भिडियो सुट वेयडिङ्ग क्यानभस नेपाल र फोटोग्राफि एस.जे फोटोग्राफीले तथा मेकअप रश्मी सेञ्चुरीले गर्ने भएको कार्यक्रम संयोजक विवेक केसीले बताए । पत्रकार सम्मेलनको सञ्चालन सुमन श्रेष्ठले गरेका थिए ।

Facebook Comments