स्थापना दिवसमा लत्ताकपडा वितरण

गौतमबुद्ध सन्देश

भैरहवा, २५ जेठ ।

नेपाल स्वास्थ्यकर्मी संघको २८ औं स्थापना दिवसको अवसर पारेर स्वास्थ्यकर्मी संघ जिल्ला कार्यसमिति रुपन्देहीको आयोजनामा आत्मशान्ति अनाथ आश्रम मणिग्राम रुपन्देहीमा बालबालिकाहरुलाई व्यक्तिगत सरसफाईका सामाग्री तथा लत्ताकपडा वितरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका सभापति एवं पुर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाक, कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खांण, नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रिय सचिव नमनारायण बेल्बासे, नेपाल शिक्षक संघ रुपन्देहीका अध्यक्ष कुल प्रसाद लामिछाने, तिलोत्तमा नेपाली कांग्रेसका नगर सभापति हरिलाल पाण्डेय लगायतले मन्तव्य राखेका थिए ।

नेपाल स्वास्थ्यकर्मी संघ, रुपन्देहीका अध्यक्ष राम प्रसाद ढकालको अध्यक्ष तथा युवा संयोजक मदन पोखरेल (सुमन) को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । नेपाल स्वास्थ्यकर्मी संघको स्थापना २०४८ जेष्ठ २४ गते डा. चोपलाल भुसालको अध्यक्षतामा गठन भएको थियो । संघले स्वास्थ्यकर्मीलाई आइपर्ने समस्या, कर्मचारीको वृद्धिविकास लगायत विभिन्न क्षेत्रमा काम गर्दै आएको जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *