भ्रुण हत्या तथा वालविवाह विरुद्ध सडक नाटक

गौतमबुद्ध सन्देश

भैरहवा, २५ जेठ ।

रुपन्देहीको मर्चवारी गाउँपालिकामा भु्रण हत्या तथा वालविवाह विरुद्ध सडक नाटक प्रदर्शन गरिएको छ । लुम्बिनी हेल्प फाउण्डेशन, नेपालको आयोजना तथा मर्चवारी गाउँपालिकाको सहयोगमा सडक नाटक प्रदर्शन गरिएको हो ।

भ्रण हत्या तथा वालविवाह रोकथाम गर्ने उद्धेश्यले सडक नाटक प्रदर्शन गरिएको लुम्बिनी हेल्प फाउण्डेशन, नेपालका अध्यक्ष अजय सिंह क्षेत्रीले बताए । उनले सडक नाटक प्रदर्शन कार्यक्रम गाउँपालिका अन्तर्गतका ७ वटै वडामा गरिने जानकारी दिए ।

सडक नाटक प्रदर्शन कार्यक्रमको शुभारम्भ कार्यक्रममा मर्चवारी गाउँपालिकाका अध्यक्ष केशवनन्द वनिया, उपाध्यक्ष सुनिता कलवार लगायतले बोल्दै भु्रण हत्या तथा वालविवाह रोकथामका लागि सबैले आ–आफ्नो क्षेत्रबाट भुमिका निर्वाह गर्नुपर्ने बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *