समुह प्रोत्साहन तथा छात्रवृत्ति वितरण

जीवन न्यौपाने

नवलपरासी, २१ जेठ ।

रुपन्देहीको बुटवलमा केन्द्रिय कार्यालय रहेको मिसन डेभलपमेन्ट बैंकको लघुबित्त परियोजनाद्धारा सञ्चालन गरेको समुह प्रोत्साहन तथा छात्रवृत्ति वितरण कार्यक्रम सोमबार सम्पन्न भएको छ । बैंकले यस वर्ष १६ वटा शाखा अन्र्तगतका ४८ वटा समुहलाई प्रशंसापत्र सहित नगद २ लाख, ८७ हजार, ५ सय रुपैँया वितरण गरेको छ भने सामुदायिक विद्यालयमा अध्ययनरत समुह सदस्यका छोरीहरुमध्ये ६२ जना जेहेन्दार छात्राहरुलाई ५ हजार रुपँैयाका दरले नगद छात्रवृत्ति रकम समेत वितरण गरिएको छ ।

मिसन डेभलपमेन्ट बैंकबाट सञ्चालित मिसन लघुवित्त परियोजनाले १४ हजार, ३ सय, ९९ जना समुह सदस्यलाई विना धितो वित्तीय सेवा प्रवाह गर्दै आएको छ । चालु आर्थिक वर्षको वैशाख मसान्त सम्म उक्त सदस्यहरुलाई लगानी गरेको कर्जामध्ये उठ्न बाँकी कर्जा ८३ करोड, १९ लाख, ८२ हजार रुपँैया रहेको छ भने ३० करोड, ५८ लाख, ५२ हजार रुपँैया बचत संकलन गरेको मिसन बँैकका लघुवित्त बिभाग बिभागिय प्रमुख लक्ष्मण प्रसाद भट्टराईले जानकारी दिए । हाल बैंकको २१ वटा शाखाहरुमध्ये १६ वटा शाखाहरुबाट मिसन लघुवित्त परियोजना सञ्चालनमा आइरहेको छ ।

सो छात्रवृत्ति बितरण कार्यत्रलमको कपिलबस्तु र रुपन्देहीमा यस अगावै सम्पन्न गरी सोमबार अन्तिम कार्यक्रमको रुपमा नवलपरासीको सुनवल, भुमही र गोपिगञ्ज शाखामा सम्पन्न गरिएको छ ।

भुमहिमा सञ्चालित मिसन लघुवित्त परियोजनाको समुह प्रोत्साहन तथा छात्रवृत्ति कार्यक्रममा मिसन बैंकका कर्जा बिभाग प्रमुख विष्णु प्रसाद गौतमको अध्यक्षतामा सञ्चालित सो कार्यक्रममा भुमही शाखाका शाखा प्रबन्धक मिना पाण्डे भण्डारीको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रमबारे बैंकका लघुवित्त विभाग विभागिय प्रमुख लक्ष्मण प्रसाद भट्टराईले प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन बैंकका बजार व्यवस्थापन तथा कर्जा असुलि विभाग प्रमुख अर्जुन उपाध्यायले गरेका थिए ।

यस्तै गत शुक्रबार सम्पन्न भएको विशेष साधारणसभाले तिनाउ विकास बैंक लिमिटेड र मिसन डेभलपमेन्ट बैक बीच एकआपसमा मर्ज गर्ने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत भएको प्रतिवेदनमाथि छलफल गरी दुवै बैकको शेयर आदानप्रदान अनुपात बराबर हुने गरी सर्वसम्मतिले पारित भएको थियो ।

मजर्र पश्चात बन्ने तिनाउ मिसन विकास बैक लिमिटेडको अध्यक्षमा मिसन बैकका बर्तमान अध्यक्ष टिकाराम घिमिरे, प्रमुख कार्यकारी अधिकृतमा तिनाउ बैकका हालकै प्रमुख कार्यकारी अधिकृत प्रदिप कुमार श्रेष्ठ र सहायक प्रमुख कार्यकारी अधिकृतमा मिसन बैकका वर्तमान प्रमुख कार्यकारी अधिकृत हरी प्रसाद घिमिरे रहने छन् । मर्जर पश्चात बैकको चुक्ता पुंजी १ अर्व १४ करोड, निक्षेप १०अर्व २२ करोड रुपैयां र कर्जा लगानी ८ अर्व ९५ करोड पुग्नेछ भने बैकको शाखा संख्या ३८ रहनेछ ।

Facebook Comments