गणतन्त्र दिवसमा स्वास्थ्य परिक्षण

गौतमबुद्ध सन्देश
बुटवल, १६ जेठ ।

गणतन्त्र दिवस–२०७६ को अवसरमा बुटवलकै पुरानोमध्येको बुटवल बहुउद्धेश्यीय सहकारी संस्थाले निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सु्रु गरेको छ । सहकारीले झण्डै १५ सय सदस्यहरुका लागि स्वास्थ्य परीक्षण कार्यक्रमको आयोजना गरेको हो । बुटवलको नेशनल प्याथ ल्याबको प्राविधिक सहयोगमा एक महिने स्वास्थ्य परीक्षणको शुभारम्भ बुधबार गरिएको हो ।

जेठ १५ देखि असार १५ सम्म आफ्ना सदस्यहरुले निःशुल्क रुपमा रगत, पिसाब, मधुमेह मृृगौला, कोल्डस्टोर थाईराईड, कोलेष्ट्रोल तथा कलेजो सम्बन्धि सम्पूर्ण परीक्षण हुने सहकारीका स्वास्थ्य विभाग संयोजक उदयराज भण्डारीले बताए । उनले हजारौं रुपैया लाग्ने विभिन्न रोगको परीक्षण गरेर आफ्नो स्वाथ्स्य अवस्था बुझ्नका लागि आफ्ना सदस्यहरुलाई यस्तो खालको सेवा प्रवाह गरेको बताए । संस्थाका अध्यक्ष लोकनाथ भुषालले हरेक व्यक्तिले समयसमयमा आफ्नो स्वास्थ्य अवस्थाका बारेमा रोग लाग्नबाट बच्न सकिने बताए । सो अवसरमा नेशनल प्याथ ल्याबका अध्यक्ष रुद्र कार्की, बुद्धिमान थापा, उदयराज भण्डारी लगायतले बोलेका थिए ।

Facebook Comments