गाउँमै पाउने सेवाबारे स्थानीय अनविज्ञ

रबिन्द्र प्रताप गुप्ता
भैरहवा, १४ जेठ ।
रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर ३ का सुकइ यादव उमेरले ८० कटे । गाहृोसाहृो पर्दा वा विरामी पर्दा उनी उपचारको लागि सदरमुकाम भैरहवा र निकट भारतीय बजार सम्म पुग्ने गरेका थिए । सदरमुकाम पुग्न टाढा तथा भारतीय बजारमा ठगिने समस्या उत्तिकै थियो । कतिपय सानातिना समस्याहरु त अस्पताल नै नगइ ठीक गरेको उनको भनाइ छ । सानातिना समस्याहरुको उपचार गाउँ घरमै हुन्छ भन्ने उनलाई थाहा थिएन ।

यादव मात्र हैन उनी जस्तै अधिकांश स्थानीयलाई गाउँघरमै रहेको स्वास्थ्य संस्थाबारे राम्रो जानकारी छैन । स्वास्थ्य संस्था पनि संस्थामा आएर उपचार लिनेलाई सेवा दिए पनि प्रचारमुखी कार्यक्रम गर्न नसक्दा यसको सेवाबारे अधिकांश अनविज्ञ रहेका छन् । विभिन्न साना रोगको उपचार, निःशुल्क औषधी उपचार, गर्भवती महिलाको चेकजाँच, परिवार नियोजनका विभिन्न साधनको वितरण लगायत गाउँघर क्लिनिक सम्मका कार्यक्रम गरे पनि यसको सेवा प्रभावकारी हुन सकेको छैन । अझ सबै भन्दा बढी पहुँच पुग्नुपर्ने विपन्न वर्गलाई नै यसबारे जानकारी न नरहेको पाइएको छ ।

गाउँघरमा रहेको स्वास्थ्य संस्थाबारे स्थानीय सेवाग्राहीलाई आकर्षित गर्न यसबाट प्रदान हुने सेवा सुविधाबारे विपन्न वर्गलाई जानकारी दिन मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम प्रदेश नम्बर ५ ले सुरु गरेको छ । मर्चवारी गाउँपालिकाका विपन्न वर्गका जनतालाई स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवा सुविधाबारे सबै वडामा जानकारी दिन सुरु गरिएको मर्चवारी गाउँपालिका प्रवक्ता नारायण बहादुर यादवले बताए । उनले वडा नम्बर १ बाट यसलाई सुरु गरी ७ वटै वडामा स्थानीय विपन्न समुदायलाई भेला गरि सेवाबारे जानकारी दिने बताए ।

प्रत्येक वडामा रहेको स्वास्थ्य संस्थाहरुले प्रवाह गर्ने सेवाबारे सबै जनता जान्न आवश्यक रहेको मर्चवारी गाउँपालिका अध्यक्ष केशवनन्द बनियाको भनाइ छ । “स्थानीय सरकार आइसके पछि अहिले आफ्नो जनताको उपचार आफै गर्ने प्रणालीलाई सक्षम बनाउँदै लैजाने हो । तर सबै भन्दा पहिला स्वास्थ्य संस्थाबारे स्थानीयलाई जानकारी हुनुपर्छ ।” बनियाले भने । यसको लागी मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमका सहजकर्ता धर्मेश यादव, गाउँपालिकाका सुचना तथा संचार प्रविधि अधिकृत आशुतोष त्रिपाठी, कार्यक्रम सिफारिस तथा छनौट समितिका सदस्य ढुनमुन यादव र बिन्दा गौड, स्वास्थ्य संस्था प्रमुख लगायतको टिम नै खटाइएको उनले बताए ।

टिमले शनिबार देखि यस अभियानको सुरुवात गरेको छ । शनिबार एक कार्यक्रमका बीच जिल्ला समन्वय समितिका अध्यक्ष एकराज विश्वकर्माले यसको उदघाटन गरेका थिए । कार्यक्रमको उदघाटन गर्दै विश्वकर्माले अभियानले विपन्न वर्गको स्वास्थ्य सेवा पहुँचमा महत्वपूर्ण योगदान दिने बताए । उनले आर्थिक संकट परेका विपन्न वर्गकोमा नभई सबैको उपचारको लागी स्थानीय स्वास्थ्य संस्थाहरु सक्षम रहेको कारण यसको सेवाबारे सबै सुसुचित हुन आवश्यक रहेको बताए ।

वडा नम्बर १ बाट सुरु भएको अभियान तेस्रो वडा सम्म पुगेको छ । सोमबार वडा नम्बर ३ का वडा अध्यक्ष नारायण बहादुर यादवले ३ नम्बर वडामा ८० जना विपन्न गर्वले स्वास्थ्य सेवाले प्रदान गर्ने सेवा सुविधाबारे जानकारी लिएको बताए ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *