नेकपा सिद्धार्थनगर–३ को बैठक

गौतमबुद्ध सन्देश
भैरहवा, १४ जेठ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ वडा कमिटीको बैठक भैरहवामा सम्पन्न भएको छ । कमिटीका अध्यक्ष अनिल कुमार ज्ञवालीको अध्यक्षता तथा सचिव गणेश प्रसाद बेल्बासेको सञ्चालनमा सम्पन्न बैठकले विभिन्न निर्णय गरेको छ ।

बैठकले १० सदस्यीय सचिवालय समिति गठन गरेको छ ।समितिमा अनिल कुमार ज्ञवाली, गणेश प्रसाद बेल्बासे, शोभा काफ्ले, मञ्जु पाण्डे, राम प्रसाद पोख्रेल, अर्जुन भण्डारी, नरेन्द्र खनाल, क्यास मोहम्मद खान (गुड्डु), नन्दराम कुंवर र दिल बहादुर खराल रहेका छन् ।

त्यस्तै बैठकले वडा अन्तर्गतका टोल कमिटी विभाजन एवं जिम्मेवारी बांडफांड समेत गरेको छ । जसअन्तर्गत संयोजक र सह–संयोजकमा क्रमशः आखाँ अस्पताल, बसपार्क, कांटागाउँमा मञ्जु पाण्डे र अनन्तराम अर्याल, दरखसवा दुर्गा मन्दिर लाइन राजमार्ग देखि पूर्व पश्चिम नन्दराम कुंवर र मोलहु गुप्ता, आँखा अस्पताल देखि पश्चिम खजहना चोक र महामाया पथमा शोभा काफ्ले र दिल बहादुर खराल, खजहना, खजुरीयामा क्यास मोहम्मद खान (गुड्डु) र अर्जुन भण्डारी, बुद्ध कलोनी, बुद्ध शान्ति पथ, मेडिकल कलेजमा नरेन्द्र खनाल र कमला दलामी, मैत्री पथ, वीर पथ, पुरानो सडक पूर्व पश्चिममा राम प्रसाद पोख्रेल र सुरेश गाहा मगर रहेका छन् ।

बैठकमा बोल्दै प्रमुख अतिथि नेकपा रुपन्देही जिल्ला कमिटी सदस्य तथा सिद्धार्थनगर अध्यक्ष चोपलाल आचार्यले नेकपाले जितेको वडामा विकास तीव्र रुपमा अगाडी भइरहेको अनुभुति जनतामा दिलाउनुपर्ने बताए । उनले वडा कमिटीले मुख्यत सांगठनिक र वडाको विकास निर्माण कार्यहरुमा सक्रियता देखाउनुपर्ने बताए । पार्टीका सिद्धार्थनगर सचिव जीवलाल अर्यालले नेकपा समाज परिवर्तन गर्ने दिशामा अगाडी बढेको बताए ।

नेकपा सिद्धार्थनगर कमिटी सदस्य तथा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष थानेश्वर पौडेलले सीमित स्रोतसाधनका बाबजुद वडा नम्बर ३ मा समयमै योजना सम्पन्न नभएर बजेट फ्रिज हुने अवस्था नरहेको बताए ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *