भैरव डोजो संचालन

गौतमबुद्ध सन्देश
भैरहवा, ८ जेठ ।

जापान गोजुरियो कराँते डो मिसन संघ रुपन्देहीले सिद्धार्थनगर नगरपालिका भैरहवास्थित पद्मा श्री सिनेमा हलको प्राङ्गणमा भैरव डोजो संचालन गरेको छ । डोजोको संघका प्रमुख सल्लाहकार तथा पूर्व पश्चिमाञ्चल कराँते महासंघका अध्यक्ष भरत बहादुर केसीले उद्घाटन गरे ।

सो अवसरमा बोल्दै केसीले खेलाडी राष्ट्रका गहना भएकाले उनीहरुलाई राज्यले उचित हेरचाह गर्नु पर्ने बताए । अझै पनि खेल क्षेमा लागेर खेलाडीको भविष्य सुनिश्चत हुन नसकेको भन्दै केसीले राज्यले यसतर्फ विशेष ध्यान दिनुपर्ने बताए । खेलले राष्ट्रलाई एकताबद्ध बनाई स्वाभिमान कायम राख्न मद्दत गर्ने उनले बताए ।

प्रखुक प्रशिक्षक तथा संघका अध्यक्ष केवी राना काजीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सचिव गिरिप्रसाद पुन, वैदेशिक रोजगार अभिमुखिकरण प्रदेश ५ का संयोजक दिपेन्द्र पौडेल, बाबुराम घिमिरे, गोपाल खनाल, ववि तुलाचन, सिनेमा हलका व्यवस्थापक किरण ज्ञवाली, शंकर घिमिरे लगायतले शुभकामना मन्तव्य राख्दै राष्ट्र चिनाउने खेलाडीलाई सबैले सहयोग, शौसला र प्रेरणा दिनु पर्ने बताए ।

भैरव डोजो प्रशिक्षक गोपाल तुलाचनको प्रशिक्षणमा हुने अध्यक्ष तथा प्रमुख प्रशिक्षक रानाले बताए । भगवति भण्डारीको स्वागत तथा संघका रुपन्देही अध्यक्ष उमेश थापाको संचालनमा कार्यक्रम भएको हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *