देवदहमा राष्ट्रिय काष्ठकला कार्यशाला आजदेखि

गौतमबुद्ध सन्देश
भैरहवा, ८ जेठ ।

“देवदहका पार्कलाई कलाले सजाऔं, ऐतिहासिक देवदहलाई विश्वमा चिनाऔ”ं भन्ने नाराका साथ रुपन्देहीको देवदह नगरपालिका–६ स्थित गौतमबुद्ध राष्ट्रिय उद्यान, ज्योतिनगरमा देवदह राष्ट्रिय काष्ठकला कार्यशाला–२०७६ हुने भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाण्डौ र बुद्ध सामूदायिक वन उपभोक्ता समूह देवदह ५ र ६, रुपन्देहीको आयोजना, ड्रिम देवदह युनिटी फर चेन्जको प्रबद्र्धन र देवदह नगरपालिका पर्यटन प्रबद्र्धन समितिको मुख्य संरक्षणमा काष्ठकला कार्यशाला हुने भएको हो । जेठ ८ गते देखि १६ गते सम्म हुने राष्ट्रिय काष्ठकलाको बारे आयोजकले मंगलबार देवदहमा पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् ।

देवदहको पर्यटन विकासमा सामूहिक योजना, सहकार्य, सहभागितामूलक रुपमा योगदान पु¥याउनुका साथै एक पार्क एक विशेषता गर्न सहयोग पु¥याउने उद्धेश्यले कार्यशालाको आयोजना गरिएको ड्रिम देवदह युनिटी फर चेन्जका अध्यक्ष एवं मूल आयोजक कमिटी सदस्य सिद्धिचरण भट्टराईले बताए । देवदहका पार्कहरु काष्ठकला, मूर्तिकला, कलात्मक बिम्ब, प्राचिन कोलिय सभ्यता झल्किने स्मारकहरु स्थापित गर्ने र देशका मुख्य मूर्तिकारहरुलाई देवहमा निमन्त्रणा गरी काठमा मुर्तिकला, कलात्मक बिम्बहरु निर्माण गर्न सहकार्य र सह–आयोजनामा प्राचिन देवदह राष्ट्रिय काष्ठकला २०७६ आयोजना गरिने भट्टराईले जानकारी दिए । आगामी वर्ष पनि अन्तर्राष्ट्रिय देवदह कला कार्यशाला आयोजना गर्ने सोच अगाडी सारिएको सन्दर्भमा देवदहमा पहिलो पटक हुन लागेको ललितकला प्रज्ञा प्रतिष्ठानको दशौं राष्ट्रिय कार्यशालाको रुपमा हुन लागेको कार्यशालाले देवदहको पर्यटन विकासमा एउटा कोशेढुंगाको काम गर्नेछ भन्नेमा विश्वस्त छौं, उनले भने । कम्तीमा पनि एक दिन पर्यटकको बसाइ देवदहमा होस भन्ने उद्धेश्यका साथ काम अगाडी बढाइएको उनको भनाइ थियो ।

विश्वशान्तिका अग्रदुत भगवान गौतमबुद्धको मावली र ससुरालीस्थल दुवै रहेको देवदहमा हुने कार्यशालाको आयोजना गर्न करिब १५ लाख खर्च हुने र १७ जना मूर्तिकार आउने नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ यम थापाले बताए । कोलिय सभ्यता भल्किने खालको २० वटन मुर्ति निर्माण हुने उनले बताए ।

अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसर पारेर जेठ ८ गते बिहान प्रदेश नम्बर ५ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीको प्रमुख आतिथ्यतामा विभिन्न फलफूलका विरुवा रोप्ने कार्यक्रम रहेको बुद्ध सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष टेक बहादुर रानाले बताए । त्यस्तै देवदह राष्ट्रिय कार्यशाला–२०७६ रुपन्देही क्षेत्र नम्बर १ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य डा. कृष्ण न्यौपानेको प्रमुख आतिथ्यतामा हुने उनले बताए ।

पत्रकार सम्मेलनमा नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ गोविन्द प्रसाद चौधरी, कार्यशालाका प्रचार प्रसार समिति संयोजक गोविन्द घर्ती, अभिलेखीकरण तथा कार्यालय व्यवस्थापन समिति सदस्य दिपेश बस्याल, नेपाल पर्यटन पत्रकार महासंघ प्रदेश ५ का महासचिव कपिल ज्ञवाली लगायतले बोल्दै देवदहको विकासको लागि सबैको सहकार्य र सहयोगको आवश्यक रहेकोमा जोड दिए ।

Facebook Comments