बुद्ध र समृद्धि विषयक वक्तृत्वकला

गौतमबुद्ध सन्देश

भैरहवा, ५ जेठ ।

२५६३ औं बुद्ध जयन्ती तथा लुम्बिनी भ्रमण वर्ष २०७६ को अवसर पारेर सिद्धार्थनगर नगरपालिकाको आयोजना तथा सिद्धार्थ साहित्य परिषदको संयोजनमा बुद्ध र समृद्धि विषयक अन्तर क्याम्पसस्तरीय वक्तृकला प्रतियोगिता भैरहवामा सम्पन्न भएको छ ।

प्रतियोगितामा रुपन्देही क्याम्पसका देवपाल उपाध्याय प्रथम, कमला वञ्जाडे द्धितीय र राकेश यादव तृतीय भएका थिए । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमशः २ हजार, १ हजार ५ सय र १ हजार रुपैंया तथा प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा शिक्षाविद् बालकृष्ण भट्टराई र विजय सागर निर्णायकको भुमिकामा रहेका थिए । कार्यक्रममा विभिन्न स्रष्ठाहरुले रचना वाचन गरेका थिए ।

सिद्धार्थ साहित्य परिषदका अध्यक्ष डिल्लीराज भट्टराईको अध्यक्षता तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सिद्धार्थनगर नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख यादव प्रसाद सापकोटाको स्वागत मन्तव्य तथा सिद्धार्थ साहित्य परिषदका सचिव लक्ष्मी प्रसाद अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

Facebook Comments