राजधानी बनाउन कपिलवस्तुमा बहस

गौतमबुद्ध सन्देश
कपिलवस्तु, ५ वैशाख ।
जिल्लामा प्रदेश ५ को राजधानी कपिलवस्तु बनाउन सर्वपक्षीय अन्तरसम्वाद कार्यक्रम गोरुसिंगेमा सम्पन्न गरिएको छ । ऐतिहासिक अनुकुलता र विवाद रहित सहमति, समुन्नत प्रदेश निर्माणका लागि कपिलवस्तुमा राजधानी भन्ने मुल नाराका साथ उक्त कार्यक्रम गरिएको छ ।

सो कार्यक्रममा उपस्थित विभिन्न निकायका प्रमुख एवं प्रतिनिधिले कपिलवस्तुलाई राजधानी बनाउनुपर्नेमा सकारात्मक धारणा व्यक्त गरेका छन् । यस अभियानमा प्रदेश, स्थानीय प्रतिनिधि आफ्नो र राजनीतिक स्वार्थ भन्दा माथी उठेर सहयोग गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । कार्यक्रममा पुर्व मन्त्री एवं सांसद वृजेश कुमार गुप्ता, प्रदेशसभा सदस्यहरु दिर्घनारायण पाण्डेय, रिना नेपाल, सहसराम यादव, धर्मबहादुर लाल श्रीवास्तव, पूर्व सिचाई राज्यमन्त्री सुरेन्द्रराज आचार्य लगायतले दाङ र बुटवलको विकल्पको रुपमा कपिलवस्तु नै प्रदेश राजधानी हुन सक्ने र यसका लागि राजनैतिक संवाद अघि बढाउने बताएका छन् ।

कार्यक्रममा कपिलवस्तु राजधानी अभियानका संयोजक पोम नारायण पौडेल, जिल्ला समन्वय समितिका संयोजक नारायण खनाल, नगर प्रमुख केशव श्रेष्ठ, स्थानीय राजनीतिक दल, संघ–संस्थाका प्रमुख एवम् प्रतिनिधिहरु र पत्रकार लगायतको उपस्थिति रहेको थियो । कपिलवस्तु स्थायी राजधानी अभियान कपिलवस्तुको आयोजना, बुद्धभुमि नगरपालिकाको व्यवस्थापनमा भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *