रिडीमा आईटि एफ तेक्वान्दो प्रतियोगिता

गौतमबुद्ध सन्देश
गुल्मी, १८ फागुन ।

गुल्मीको रिडी रुरुमा प्रथम आईटि एफ तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । जिल्लाको रुरु गाउँपालिका १ स्थित रिडीमा आईटिएफ तेक्वान्दो डोजाङ्ग गुल्मीको आयोजनामा सुुरु भएको हो ।

खेलको शुक्रवार प्रदेश नम्बर ५ का विशेष अधिकार समिति सभापति कमलराज श्रेष्ठले उद्घाटन गरेका हुन् । खेलकुद क्षेत्रको विकासको निम्ति प्रदेश सरकार लागि परेको बताए । उनले विभिन्न खेलकुद क्षेत्रको विकासको निम्ति बजेटको व्यवस्था गरेर अगाडी बढ्ने बताए । उनले खेलकुद क्षेत्रले नेपाल र त्यसमा पनि गुल्मीले पनि धेरै प्रगति गरिरहेको बताए । पछिल्लो समयमा यता गुल्मीमा विभिन्न क्लब, संघ–संस्थाहरु विभिन्न खेलकुद आयोजना गरेर खेल क्षेत्रलाई अगाडी ल्याउन खोजिरहेको बताए ।

रुरु क्षेत्रलाई खेल क्षेत्रको माध्यमबाट पनि चिनाउने र पर्यटन क्षेत्रमा टेवा पुग्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आईटिएफ तेक्वान्दो डोजाङ्ग गुल्मीका अध्यक्ष विकल पौडेलले जानकारी दिए । प्रतियोगितामा प्रदेश नम्बर ४ र ५ का १७ जिल्लाका २ सय २५ जना खेलाडीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा १५ देखि ५५ केजी समुहका महिला र पुरुषको छुट्टाछुट्टै खेल सञ्चालन भएका छन् । प्रतियोगितामा उत्कृष्ट हुने महिला पुरुषलाई मेडल, प्रमाणपत्र र ट्रफि दिइने आयोजकले जनाएको छ । प्रतियोगिता १८ शनिवार सम्पन्न हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *