उपाधी आदर्श र युनिक होम्सलाई

गौतमबुद्ध सन्देश
भैरहवा, १८ माघ ।
भैरहवामा जारी सामुहिक विद्यालय परिवार भलिबल कपको उपाधी छात्रातर्फ आदर्श विद्या मन्दिर र छात्रतर्फ युनिक होम्सले हासिल गरेका छन् । मंगलबार देखि सुरु भइ बुधबार सम्पन्न भलिबल प्रतियोगितामा न्यू मुन एकेडेमीलाई हराउँदै आदर्श विद्या मन्दिरले छात्रा तर्फको सामूहिक विद्यालय परिवार भलिबल कपको उपाधी हात पारेको हो ।

उक्त खेलमा उपविजेता न्यू मुन एकेडेमी भएको छ । त्यसै गरी फ्युचर लाईटले युनिभर्सल स्कुललाई पराजित गर्दै तृतीय स्थान प्राप्त गरेको छ । छात्रा तर्फको प्रतियोगितामा आदर्श विद्या मन्दिर, साई ग्लोबल, सनलाइट, लर्ड बुद्ध, मिर्नवा, युनिभर्सल, सिबी पब्लिक, फ्युचर लाइट, युनिक होम, बुद्ध ज्ञान निकेतन, न्यू मुन र लुम्बिनी शिक्षा निकेतनको टिम सहभागी थिए ।

त्यसै गरी छात्र तर्फको उपाधी युनिक होम्सले हासिल गरेको छ । युनिक होम्सले फ्युचर लाईटलाई बेस्ट अफ फाईभमा ३–२ ले हराउँदै उक्त उपाधी हात पारेको हो । उक्त खेलमा उपविजेता फ्युरचर लाइट भएको छ । त्यसै गरी तृतीय स्थानको लागी बुद्ध ज्ञान निकेतन र स्पांगल स्कुल बीच भएको प्रतिष्पर्धा हुनुपर्नेमा बुद्ध ज्ञान निकेतनले वाक ओभर दिए पछि स्पांगल स्वतः तृतीय बन्ने भाग्यमानी टिम भएको छ । यस बर्षको भलिबल प्रतियोगितामा छात्रतर्फ फ्युचर लाईट, नेपाल नालन्दा, सिबी पब्लिक, बुद्ध ज्ञान निकेतन, न्यू मुन, मिर्नवा, युनिक होम, आदर्श विद्या मन्दिर, लर्ड बुद्ध, एभर ग्रीन, सनलाइट, स्पांगल, साईग्लोबल र लुम्बिनी शिक्षा निकेतन विद्यालयका टिमको सहभागीता रहेको प्रतियोगिता संयोजक भरत गिरीले बताए ।
विजेता, उपविजेता टिम र खेलाडीलाई मेडल, प्रमाणपत्र सिद्धार्थनगरका उपप्रमुख उमा काफ्ले, रुपन्देही जिल्ला खेलकुद विकास समितिका सदस्य उमा अधिकारी, प्याब्सन नेपालका केन्द्रीय सदस्य विष्णु पन्थी लगायत प्याब्सन र सामुहिक विद्यालय परिवारका पुर्व अध्यक्षहरुको उपस्थितिमा वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *