आध्यात्मिक तथा उत्प्रेरणादायी सेमिनार

गौतमबुद्ध सन्देश

भैरहवा, ७ माघ ।

लुम्बिनी बुद्धभूमि जनकल्याण संस्था मायादेवी गाउँपालिका–७ रुपन्देहीको आयोजनामा आध्यात्मिक तथा उत्प्रेरणादायी सेमिनार बेथरीमा सम्पन्न भएको छ । कार्यक्रममा सहभागीहरुलाई राष्ट्रिय पे्ररक वक्ता मधुसुदन पोखरेल र शिक्षक वद्री मौर्यले सहजीकरण गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै रुपन्देही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य प्रमोद कुमार यादवले समाजको कल्याणको लागि आध्यात्मिक ज्ञान महत्वपूर्ण रहेको चर्चा गरे ।

संस्थाका अध्यक्ष उमेश यादवको सभापतित्व, प्रतिनिधिसभा सांसद प्रमोद कुमार यादवको प्रमुख आतिथ्यता, मायादेवी गाउँपालिकाका उपाध्यक्ष तारादेवी यादवको विशिष्ट आतिथ्यता र मायादेवी वडा नम्बर ७ का वडा अध्यक्ष रमाशंकर यादव, संस्थाका सल्लाहकार अनिल पाण्डे लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । राधेश्याम मौर्यको संयोजन तथा अरविन्द कुर्मीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सेमिनारमा ३ सय बढीको सहभागिता रहेको लुम्बिनी बुद्धभुमि जनकल्याण संस्थाका सल्लाहकार सुनिल धवलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *