स्थापना दिवसमा वृद्धाआश्रममा सहयोग

गौतमबुद्ध सन्देश
भैरहवा, ५ माघ ।
स्थापना दिवसको अवसर पारेर लायन्स क्लब अफ सिद्धार्थनगर लोटसले रुपन्देही ओमसतिया गाउँपलिका, बसन्तपुर स्थित श्री सत्य साई वृद्धाआश्रममा रहेका वृद्धवृद्धाहरुलाई खिचडी खुवाउनुका साथै रेगुलेटर सहित दुई थान ग्यास सिलिण्डर सहयोग गरेको छ ।

वृद्धाआश्रममा ग्यास सिलिण्डरको अभाव भएको जानकारी पाए पछि सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको क्लबका सचिव दुर्गा आचार्यले बताइन् । उक्त सामाग्री वृद्धाआश्रमका अध्यक्ष माया खरेललाई हस्तान्तरण गरिएको कार्यक्रम संयोजक तथा क्लबका प्रथम उपाध्यक्ष गायत्री शर्माले बताइन् ।

लायन्स क्लब अफ सिद्धार्थनगर लोटसका अध्यक्ष अनिता थापाको अध्यक्षता, लायन्स ३२५ बी टु का हनरी डिष्ट्रिक एडभाइजर धर्मराज श्रेष्ठको प्रमुख आतिथ्यता, लायन्स ३२५ बी टु का डिष्ट्रिक एडभाइजर महेश चन्द्र थापा, जोन चेयरपर्सन राजेश खरेल, डिष्ट्रिक कोर्डिनेटर रुपमा हिराचन, लायन्स क्लब अफ सिद्धार्थनगरका पूर्व अध्यक्ष विजय पाण्डे, प्रथम उपाध्यक्ष रमेश घिमिरे, लायन्स क्लब अफ लुम्बिनी क्रियटिभ लेडीका अध्यक्ष रचना क्षेत्री, लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथका प्रथम उपाध्यक्ष माया मल्लिक लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *