उजिर सिङ वडाकप रुपन्देही :वडा नम्बर १ र वडा नम्बर १० फाइनलमा भिड्ने

मोहन ज्ञवाली

बुटवल, पौष ३० ।

पौष २३ गतेबाट बुटवल उपमहानगरपालिकाको प्रायोजन तथा बुटवल क्रीकेट बिकास समितिको आयोजनामा सुरु भएको उजिर सिङ वडास्तरीय क्रीकेट प्रतियोगिताको सेमिफाइनलका खेलहरु सम्पन्न भएका छन । आज सम्पन्न दुबै सेमिफाइनल खेलमा वडा नम्बर १ र वडा नम्बर १० बिजयी भएका छन।

आज भएको पहिलो खेलमा वडा नम्बर १ १६ रनले बिजय भएको छ ।टस जिति पहिला ब्याटिङ गरेको वडा नम्बर १ ले निर्धारित ओभरमा ४ गुमाउदै ११८ रन बनाएको थियो। वडा नम्बर १ को लागि अजय चौधरी ले ६१ तथा बिनोद रणपालले २९ रन बनाए बलिङ तर्फबाट वडा नम्बर ३ को लागि रोबिन सुवेदी ले ३ विकेट लिए ।११८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको वडा नम्बर ३ १५.४ ओभरमा १०२ रनमा समेटिएको थियो ।वडा नम्बर ३ को लागि गणेशले २३ रनको योगदान दिए भने वडा नम्बर को १ को लागि बिनोद रणपालले २ विकेट लिए

खेलको म्यान अफ दि म्याचअजय चौधरी भए

आजै भएको दोस्रो सेमिफाइनल खेलमा वडा नम्बर १० ६ रनले बिजय भएको छ। वडा नम्बर १३ बि सङ भएको खेलमा टस जिति ब्याटिङ सुरु गरेको वडा नम्बर १० ले निर्धारित ओभरमा ८ विकेट गुमाउदै १२५ रन बनाएको थियो । वडा नम्बर १० को लागि गजेन्द्र गुरुङ ले ४९ तथा निरज गुरुङ ले २० रनको योगदान दिए । वडा नम्बर १३ को लागि रोशन थापा ले ४तथा नरेश ठकुरीले२ विकेट लिए ।

१२६ रनको बिजय लक्ष्य साथ ब्याटिङ गरेको वडा नम्बर १३ ले निर्धारित ओभरमा सबै विकेट गुमाउदै ११९ रनमा समेटिदा वडा नम्बर १० ६ रनले बिजय भयो वडा नम्बर १३ को लागि आशिष् पान्डे २८ र नरेश ठकुरीले २३ रनको योगदान दिए वडा नम्बर १० को बलिङ् तर्फबाट निरज गुरुङले ३ तथा सरोज गुरुङले २ विकेत लिए

खेलको म्यान अफ दि म्याच निरज गुरुङ घोषित भए

उजिर सिङ वडाकप क्रिकेट प्रतियोगिताको बिजेताले २५ हजार ट्रफि मेडल र प्रमाणपत्र , उपबिजेताले १२ हजार ५ सय ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने साथै प्रतियोगिता का उत्कृष्ट ब्याट्म्यानले १ हजार मेडल र प्रमाणपत्र

उत्कृष्ट बलरले १ हजार मेडल प्रमाणपत्र , म्यान अफ दि सिरिजले १५ सय मेडल र प्रमाणपत्र र राइजिङ प्लयेर्सले १ हजार मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *