मनकामना लघुवित्तको साधारणसभा

गौतमबुद्ध सन्देश
भैरहवा, १६ पुस ।
मनकामना लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो पहिलो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । रुपन्देही सदरमुकाम भैरहवा स्थित सिद्धार्थनगरमा केन्द्रीय कार्यालय रहेको उक्त संस्थाको साधारणसभाले संस्थापक शेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना संचालकहरु चयन गरेको छ । संचालकहरुमा अजय गोयन्का, अभिषेक बेरिवाल, मनिष गर्ग र प्रदीप कुमार सुद्रनिया सर्वसम्मत चयन भएका हुन् ।

सभाले गत आर्थिक वर्ष २०७४÷७५ को वासलात नाफा नोक्सान, लेखापरीक्षण प्रतिवेदन सहितको वार्षिक प्रतिवेदन पारित गरेको छ । साथै हाल कायम रहेको चुक्ता पूँजीको १२० प्रतिशतले हकप्रद शेयर जारी गर्ने, अधिकृत जारी तथा चुक्ता पूँजी बृद्धि गर्ने लगायतका प्रस्तावहरु पनि सर्वसम्मत पारित गरेको छ । संस्थाका संचालक अभिषेक बेरिवालको अध्यक्षतामा भएको साधारण सभामा प्रमुख कार्यकारी अधिकृत देवसिंह बिष्टले ६ जिल्लामा १६ वटा शाखा कार्यालय स्थापना गरी करिब ६ हजार सदस्यहरुलाई बचत तथा कर्जा सेवा प्रदान गरेको जानकारी दिए ।
६ करोड ५० लाख अधिकृत पूँजी र १० जिल्ला कार्यक्षेत्र रहेको मनकामनाले २०७४ फागुनदेखि वित्तीय कारोबार शुरु गरेको थियो । चुक्ता पँुजी बृद्धि गरी निकट भबिष्यमै राष्ट्रियस्तरको लघुवित्त संस्थाको रुपमा स्तरोन्नती हुने लक्ष्य लिएको मनकामनाले आगामी वर्ष सर्वसाधारणमा शेयर जारी गर्ने तयारी समेत गरेको छ । गत आर्थिक वर्षमा ५ महिना मात्र कारोबार गरेको संस्था सो अवधिमा ३४ लाख १७ हजार नोक्सानीमा छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *