क्रिसमस डे को पूर्व सन्ध्यामा सांस्कृतिक कार्यक्रम

गौतमबुद्ध सन्देश

भैरहवा, ९ पुस ।

क्रिसमसे डे को पूर्व सन्ध्यामा लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथले सांस्कृतिक कार्यक्रम तथा क्रिसमस इभ सेलिब्रेशन कार्यक्रम सम्पन्न गरेको छ । क्रिसमस डे को अवसर पारेर आयोजना गरिएको कार्यक्रमबाट बचेको रकम चेलीबेटी बेचबिखन विरुद्धका कार्यक्रमहरु सञ्चालन गरिने क्लबका प्रथम उपाध्यक्ष माया मल्लिकले बताइन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स इन्टरनेशनल ३२५ बी टु का सिनियर डिष्ट्रिक एडभाइजर नवराज न्यौपानेले सम्पूर्ण धर्मको सम्मान गरे मात्र धार्मिक सहिष्णुता कायम हुने बताए ।

क्लबका प्रथम उपाध्यक्ष माया मल्लिकको अध्यक्षता, लायन्स क्लब अफ सिद्धार्थनगर युथका पूर्व अध्यक्ष अर्चित श्रेष्ठको विशिष्ट आतिथ्यता, लायन्स क्लब अफ लुम्बिनी क्रियटिभ लेडीका अध्यक्ष रचना शर्मा, लियो डिष्ट्रिक ३२५ बी टु नेपालका इमिडेट डिष्ट्रिक प्रेसिडेन्ट शारदुल मयुर कसौधन, लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथका निवर्तमान अध्यक्ष सुधा कुंवर लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । माधुरी थापाको संयोजकत्व तथा क्लबका सचिव निपा क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *