लुम्बिनीमा पहिलो पटक त्रिपिटक वाचन

गौतमबुद्ध सन्देश
भैरहवा, २० कार्तिक ।
लुम्बिनीको आध्यत्मिक विकासमा टेवा पु¥याउन पहिलो पटक ३ दिने बौद्ध ग्रन्थ त्रिपिटक वाचन समारोह गर्न लागिएको छ । त्रिपिटक बारे धेरै नेपाली अनभिज्ञ रहेको र बौद्ध धर्ममा यसको विशेष महत्व भएका कारण नेपालमै पहिलो पटक बुद्ध जन्मस्थल लुम्बिनीमा त्रिपिटक वाचन गर्न लागिएको हो ।

त्रिपिटक वाचन कार्तिक २८ गते बिहान ७ बजे देखी मायादेवी मन्दिर पवित्र उद्यान भित्र गरिदै छ । समारोह आगामी कार्तिक २८ गते देखी ३० गते सम्म लुम्बिनीमा आयोजना गरिदैछ ।

यसको लागी १८ देशका ७ सय भन्दा बढी बौद्ध भिक्षु, भिक्षुणी, उपासक, उपासिका लुम्बिनी आउँदैछन् । त्रिपिटक भगवान बुद्धले दिएको ज्ञान र शिक्षाको सार संग्रहित ग्रन्थ भएको अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष एवम आयोजक भिक्षु मैत्रीले बताए । अपि धम्मपिटक, सुत्तपिटक, विनयपिटक गरी त्रिपिटक नामाकरण गरिएको र अपि धम्मपिटक, सुत्तपिटक भगवान बुद्धकै पालामा लेखिएको र विनयपिटक दोश्रो शताब्दी ईशापूर्व सम्राट अशोकको पालामा लेखिएको बौद्ध ग्रन्थ हो ।

यस पटक लुम्बिनीमा ३ वटै पिटकसंगै गौतमबुद्धले आफ्ना पिता राजा शुद्धोधनलाई धर्मदेशना (ज्ञान दिदा )गर्दा सुनाउनु भएको वसन्त जातक सुत्र र शाक्य र कोलिय राज्यहरुका विच युद्ध हुन लाग्दा कपिलवस्तुमै युद्ध समाप्तिका लागी देशना गरेका महासमय सुत्र पनि पाठ गरिने हुनाले यो समारोह लुम्बिनीको आध्यत्मिक दर्शनका लागी अत्यन्त महत्वपूर्ण रहने बताईएको छ । त्रिपिटक पाली, देवनागरी र थाई भाषा आदिमा वाचन गरिने छ । जसलाई सहभागी प्रत्येक देशका भिक्षुहरुले आ– आफ्नो भाषा र शैलीमा पछ्याई वाचन गर्नेछन ।

लुम्बिनीको आध्यत्मिक विकास र पर्यटकको बसाई अवधि लम्बाउन त्रिपिटक वाचन समारोह महत्वपूर्ण हुने आयोजक संस्थाका स्थानीय सचिव चेतन पन्तले बताए । अमेरीकन बुद्धिष्ट एशोसिएसन, अखिल नेपाल भिक्षु महासंघ, थाई बुद्ध विहार लुम्बिनीको संयुक्त आयोजनामा कार्यक्रम हँुदैछ । कार्यक्रमका लागी भोजन आवास, यातायात व्यवस्थापन सम्बन्धि काम अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिए । विगत १५ वर्ष देखि भारतमा मात्र भइरहेको यो आध्यत्मिक कार्यक्रमले लुम्बिनीको आध्यात्मिक, सांस्कृतिक महत्व अझ बढाउने र पर्यटकहरुको चहलपहलमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *