फोरमको पार्टी कार्यालय उद्घाटन

गौतमबुद्ध सन्देश
भैरहवा, १ कार्तिक ।
संगठन विस्तार अभियानलाई तीव्रता दिइरहेको संघीय समाजवादी फोरम नेपाल रुपन्देहीले क्षेत्र नम्बर १ अन्तर्गत रोहिणी गाउँपालिका वडा नम्बर १ मा पार्टीको सम्पर्क कार्यालयको शुभारम्भ गरेको छ ।

महान चाड विजया दशमी, शुभ दिपावली तथा छठपर्वको अवसर पारेर वडामा जनसम्पर्क बढाउन र वडावासी र पार्टी बीचकोे सम्बन्ध थप प्रगाढ बनाउने उद्धेश्यले कार्यालय सञ्चालनमा ल्याइएको समाजवादी युवा फोरम प्रदेश नम्बर ५ का अध्यक्ष असलम खानले बताए ।

बिहीबार एक कार्यक्रमका बीच बगहामा पार्टी कार्यालयको तराई थरुहट प्रदेशका अध्यक्ष महेन्द्र यादव र प्रदेश नम्बर ५ का सांसद सन्तोष कुमार पाण्डेयले संयुक्त रुपमा उद्घाटन गरे ।

संघीय समाजवादी फोरम नेपाल रुपन्देहीका जिल्ला सदस्य रमाशंकर यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रमम पार्टीका पाँच नम्बर प्रदेश सचिवालय सदस्य रामु यादव, प्रदेश सह–प्रवक्ता तथा रुपन्देही इञ्जार्ज विद्या यादव, क्षेत्र नम्बर ३ संयोजक बि.एन. गुप्ता(बैजनाथ), समाजवादी युवा फोरम प्रदेश सदस्य सागर यादव, समाजवादी विद्यार्थी फोरम नेपाल रुपन्देही अध्यक्ष मोहम्मद अली, युवा क्षेत्रीय इञ्जार्ज पवन गौड, कलामुुद्धिन खाँ लगायतको उपस्थिीति रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *